१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कम्प्यूटर शिक्षाका लागि कम्प्यूटर

कम्प्यूटर कक्षाका लागि प्रवासबाट प्राप्त भएको रकम विद्यालयलाई प्रदान गर्दै प्रदेशसभा सांसद रामकुमार राई (दायाँबाट दोश्रो) ।   तस्बिर सौजन्यः फेसबुक

खोटाङ – रोजगारीका सिलसिलामा प्रवासमा कार्यरत अभिभावकले खोटाङको दूर्गम ठाउँका विद्यालयलाई कम्प्यूटर प्रदान गरेको छ। दुरदराजका गाउँमा कम्प्यूटर शिक्षा पठन–पाठनको व्यवस्थाका लागि बेलायत, अमेरिका, जापान लगायतका देशमा रहेका अभिभावकले बराहपोखरी गाउँपालिका–२ सुन्तलेस्थित ज्यू माविलाई १२ थान कम्प्यूटर प्रदान गरेको हो।

विद्यालयमा अध्ययनरत छात्र–छात्रालाई गाउँमै कम्प्यूटर कक्षा पढाउनका लागि साकुमा फ्रेन्डसीप ट्रस्ट यूकेका सञ्चालक चन्द्रकुमार राईको पहलमा ९ थान कम्प्यूटर र १६ थान सोलार सेट, अमेरिका, जापान र नेपालमा रहेका अभिभावकबाट ३ थान कम्प्यूटर प्राप्त भएको छ।

प्रवासबाट प्राप्त भएको कम्प्यूटर प्रदेशसभाका सांसद रामकुमार राईले विद्यालयलाई हस्तान्तरण गरेका छन्। आफ्नो बालबालिकाले गाउँकै विद्यालयमा कम्प्यूटर कक्षा अध्ययन गर्न पाउने भएपछि अभिभावक उत्साहित बनेका छन्। ज्यू माबिमा हाल ३७१ विद्यार्थी अध्ययरत छन्। कम्प्यूटर प्राप्त भएसँगै विद्यालयले कम्प्यूटर शिक्षाको तयारी थालेको जनाएको छ। 

कम्प्यूटर कक्षाका लागि कोष 
सुन्तले घर भइ हाल विभिन्न देशमा रहेका अभिभावकले विद्यालयलाई कम्प्यूटर कक्षाका लागि आवश्यक जनशक्ती एवं श्रोत व्यवस्थापन गर्न अक्षयकोष खडा गर्ने रकम पनि प्रदान गरेको छ। कम्प्यूटर कक्षाका लागि दीर्घकालिन जनशक्ती व्यवस्थापनका लागि कुबेतमा रहेका केदार कुमार मगरको नेतृत्वमा संकलन भएको १० लाख ८९ हजार २०९ रुपैयाँ रकम प्रदान विद्यालयलाई प्रदान गरिएको हो।

कम्प्यूटर कक्षा व्यवस्थापनका लागि आवश्यक रकम व्याजबाट जुटाउने गरी अक्षयकोष खडा गर्नका लागि विभिन्न देशका शुभेच्छुकबाट रकम संकलन गरेर प्रदान गरिएको मगरले बताए। ‘कम्प्यूटर शिक्षाका लागि कम्प्यूटर मात्र दिएर पुग्दैन, त्यसलाई नियमित चलाउनका लागि श्रोतसाधन पनि चाहिन्छ,’ मगरले भने, ‘जनशक्ती व्यवस्थापनका लागि श्रोत जुटाउन कम्प्यूटरसँगै अक्षयकोष स्थापना गर्न रकम प्रदान गरेका हौँ।’ 

कम्प्यूटर शिक्षा व्यवस्था गर्दै विद्यालयलाई नमूना बनाउना लागि प्रवासमा मगरको नेतृत्वमा कम्प्यूटर शिक्षा सञ्चालन अक्षयकोष स्थापना अभियान चलाइएको थियो। कम्प्यूटर बिग्रेको अवस्थामा मर्मत गर्न वा कम्प्युटर शिक्षकलाई तलब खुवाउनका लागि रकम अभाव हुने भएकाले अक्षयकोष स्थापनाका लागि प्रवासी शुभेच्छुकलाई आग्रह गरे अनुशार रकम संकलन भएको साकुमा फ्रेन्डसीप ट्रस्ट यूकेका सञ्चालक राईले बताए। 

प्रकाशित: १२ भाद्र २०७५ ०६:२१ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App