१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
प्रवास

अमेरिकी सहरमा ‘नाई नभन्नु ल ५’

 अमेरिका–विकासराज आचार्यको निर्देशन तथा हरिबोल भण्डारी र गौरीराज जोशीले निर्माण गरेको नेपाली चलचित्र नाई नभन्नु ल ५ अमेरिकामा प्रर्दशन गरिने भएको छ।

लगातार ५ श्रृखलासम्म बनेको सो फिल्मका निर्माताद्धय भण्डारी र जोशीले आज आयोजित एक कार्यक्रममा अमेरिकाको एक दर्जनभन्दा बढी राज्यहरुमा चलचित्र प्रदर्शन हुने जानकारी दिए।

नेपाल ११ ईन्टरटेन्टमेन्टले अमेरिकाका नेपाली बस्ती रहेको सहरहरुमा प्रदर्शनी गरिने जानकारी दिंदै पहिलो शो टेक्सासबाट सुरु गरिनेछ। सामाजिक कथामा आधारित यो चलचित्र अमेरिकी बजारमा नेपालीहरुका लागि कुल एक सय वटा शो गर्ने तय भएको छ।
यस चलचित्रको अघिल्लो भाग ३ र ४ पनि अमेरिकामा प्रदर्शन गरिएको थियो। 
निर्माता भण्डारीले चलचित्रबाट आएको मुनाफाको केहि अंश गैरआवाशीय नेपाली संघ एनआरएनएसँग मिलेर सामाजिक काममा पनि खर्च गरिने बताए।
 नाइ नभन्नु लको छैठौ श्रृखला पनि निर्माण गरिने उनले जानकारी दिए । 

 

प्रकाशित: १२ भाद्र २०७५ ०५:५७ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App