१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

दाहालको बास भारतीय राष्ट्रपति भवनमा

प्रधानमन्त्री पुष्पकमल दाहाललाई दिल्लीमा स्वागत गर्दै भारतीय विदेशमन्त्री सुष्मा स्वराज।

नयाँ दिल्ली—प्रधानमन्त्री पुष्पकमल दाहाल भारतको चार दिने राजकीय भ्रमणका क्रममा नयाँ दिल्ली आइपुगेका छन्। प्रधानमन्त्री दाहाललाई इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थलमा भारतका विदेश मन्त्री सुष्मा स्वराजले स्वागत गरिन्।

प्रधानमन्त्रीको स्वागतार्थ विमानस्थलमा यहाँस्थित नेपाली राजदूतावासका कार्यवाहक राजदूत कृष्णप्रसाद ढकाल, भारतको विदेश मन्त्रालयका उच्च अधिकारी तथा नेपाली दूतावासका अधिकृत उपस्थित थिए।

प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनेछन्।

प्रधानमन्त्री नेतृत्वको प्रतिनिधिमण्डलका सदस्य परराष्ट्रमन्त्री प्रकाशशरण महत, भौतिक पूर्वाधार तथा यातायात व्यवस्थामन्त्री रमेश लेखक, सांसदलगायतलाई उनीहरुले स्वागत गरेका थिए।

प्रधानमन्त्री दाहाल, उनकी धर्मपत्नी सीता दाहाल भारतका राष्ट्रपतिको निवास राष्ट्रपति भवनमा रहनेछन्।

प्रधानमन्त्री दाहालले दिल्लीस्थित नेपाली समुदायसँग नेपाली राजदूतावासमा छलफल गर्ने कार्यक्रम छ। आजै साँझ प्रधानमन्त्री दाहाल आफ्नो सम्मानमा आयोजना हुने स्वागत समारोहमा सरिक हुनेछन्।

प्रतिनिधिमण्डलका अन्य सदस्य पनि दुवै समारोहमा सहभागी हुने कार्यक्रम छ।

प्रधानमन्त्री दाहालले भोलि शुक्रबार आफ्ना भारतीय समकक्षी नरेन्द्र मोदीसँग औपचारिक बैठकमा भेटघाट गर्नुहुने कार्यक्रम रहेको छ। शुक्रबार नै प्रधानमन्त्री दाहालले भारतीय राष्ट्रपति मुखर्जीसँग भेटघाट गर्नेछन्। राष्ट्रपति भवनमा शुक्रबार नै आयोजना हुने स्वागत समारोहमा प्रधानमन्त्री सहभागी हुने कार्यक्रम रहेको छ।

बिहान प्रधानमन्त्री दाहाल राजघाटस्थित महात्मा गान्धीको समाधिस्थलमा गई उनीप्रति श्रद्धाञ्जलि अर्पण गर्ने कार्यक्रम छ। दाहाल भारतको मैत्रीपूर्ण राजकीय भ्रमण पूरा गरी आगामी असोज २ गते स्वदेश फर्किने छन्।

प्रकाशित: ३० भाद्र २०७३ १२:५५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App