१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

फिफा वरियतामा नेपाल दुई स्थानमाथि उक्लियो

काठमाडौँ– विश्व फुटबल महासंघ फिफाले सार्वजनिक गरेको नयाँ फिफा वरियतामा नेपाल दुई स्थानमाथि  उक्लिएको छ। त्यस्तै दक्षिण अमेरिकी राष्ट्र अर्जेन्टिना फिफा वरियतामा शीर्ष स्थानमा यथावत रहेको छ।

फिफाले बिहीबार सार्वजनिक गरेको वरियतामा नेपाल १ सय ८६ औं स्थानमा रहेको छ। दक्षिण एसियाली राष्ट्रमा भने नेपाल चौथो स्थानमा रहेको छ। फिफा वरियतामा १ सय ४८ औं स्थानमा रहँदै भारत दक्षिण एसियाली राष्ट्रमध्ये शीर्ष स्थानमा रहेको छ।

त्यस्तै अफगानिस्तान १ सय ४९ औं स्थानमा रहँदै दोस्रो स्थानमा रहेको छ। त्यस्तै ९ स्थान सुधार गरेको माल्दिभ्स १ सय ६५ औं, बंगलादेश १ सय  ८५ औं, चार स्थान सुधार गरेको भुटान १ सय ८९ औं, श्रीलङका १ सय ९३ औं र पाकिस्तान १ सय ९४ औं स्थानमा रहेका छन्।

त्यस्तै बेल्जियम फिफा वरियताको दोस्रो स्थानमा यथावत रहँदा विश्व विजेता जर्मनी एक स्थान सुधार गर्दै तेस्रो तथा कोलम्बिया एक स्थान तल झर्दै चौथो स्थानमा रहेको छ। त्यस्तै पाँच स्थान सुधार गरेको ब्राजिल पाँचौ स्थानमा उक्लिएको छ।

यता कोपा अमेरिका कप विजेता चिली छैठौ स्थानमा रहँदा युरो कप विजेता पोर्चुगल सातौं तथा तीन स्थान सुधार गरेको उरुग्वे आठौं स्थानमा रहेको छ। वेल्स पहिलो पटक फिफा वरियताको १० औैं स्थानमा रहन सफल भएको छ।
 

प्रकाशित: ३० भाद्र २०७३ १२:०९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App