भिएआरमा फेरि विवाद

सोमबार, ११ भदौ २०७५, १० : ३३ नागरिक

बर्लिन (एएफपी) – जर्मन बुन्डेसलिगामा लगातार दोस्रो दिन भिडियो साहयक रेफ्री(भिएआर)को प्रयोग विवादास्पद बन्दा ड्यानियल गिल्चेकले अन्तिम समयमा गरेको गोलमा उल्फसबर्गले शनिबार साल्केमाथि २–१ को नाटकीय जित हात पारेको छ।

६६औं मिनेटमा माटिजा नास्टासिच रातो कार्डको दर्शन गर्दै मैदान बाहिरिएपछि साल्केले १० खेलाडीमा सीमित हुँदै खेलको अन्त्य गरेको थियो। रेफ्रीले सुरुमा नास्टासिचलाई पहेंलो कार्ड देखाए पनि भिएआरको प्रयोगपछि उनलाई रातो कार्डको दर्शन गराइएको थियो।

३३औं मिनेटमा जोन बु्रक्सले गरेको गरेको गोलमा उल्फसबर्गलाई अग्रता दिलाएका थिए।

खेल सकिन ४ मिनेट बाँकी रहँदा नाबिल बेन्टालेबेजले पेनाल्टीमा गोल गर्दै साल्केलाई खेलमा फर्काएका थिए।

इन्जुरी समयको दोस्रो मिनेटमा गिल्चेकले गरेको गोलमा उल्फसबर्गले जित पक्का गरेको थियो।

साल्केका प्रशिक्षक डोमिनिको टेडेस्कोले भिएआरको  निर्णयको विरोध गर्दा रेफ्री इटरिचले आफूलाई अपमान गरेको दाबी गरे।

‘यो एकतर्फी निर्णय भयो । मेरो केही भन्नु छैन,’ इटरिचबारे सोधिएको प्रश्नमा टेडेस्को भने, ‘मैलै फोर्थ अफिसियलसँग सामान्य जिज्ञासा राखे पनि उचित जबाफ पाइनँ । उल्टै मेरो अपमान गरियो।’

यस्तै बुन्डेसलिगाअन्तर्गत शनिबार भएको अर्को खेलमा बोरुसिया मोन्चेनग्लाडबाचले बायर लेभरकुुुसेनमाथि २–० को जित हात पारेको छ। ५५औं मिनेटमा जोन्स होफम्यानले पेनाल्टीमा गोल गर्दै  मोन्चेनग्लाडवाचलाई अग्रता दिलाएका थिए। त्यसको तीन मिनेटपछि नै फाबियन जोन्सनले मोन्चेनग्लाडवाचको अग्रता दोब्बर पारेका थिए।

त्यस्तै शनिबारै सम्पन्न अन्य खेलमा इन्ट्राक्ट फ्य्रांकफर्टले फ्रेइबर्गलाई २–० ले पराजित गर्दै लिगको सुखद सुरुआत गर्दा अर्को खेलमा हार्था बर्लिनले न्युरेनबर्गलाई १–० र औसबर्गले फर्टुनालाई २–१ ले पराजित गरे ।  वेर्डर ब्रेमेन र ह्यानओभरले भने १–१ बराबरी खेले।





यसमा तपाईको मत

अन्य समाचार

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

एन्ड्रोइडको नयाँ संस्करण : एन्ड्रोइड ११ - यस्ता छन् विशेषताहरू

गुगलले एन्ड्रोइडको नयाँ संस्करण अर्थात् एन्ड्रोइड ११ को डेभलपर प्रिभियु रिलिज गरेको छ । ...

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

सूर्या लाइफको ब्रान्डदूतमा जोशी

गायिका इन्दिरा जोशी ब्रान्ड एम्बेसडरको रुपमा सूर्या लाइफ इन्स्योरेन्समा आबद्ध भएकी छिन् । ...

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

मेगाले दोहा बैंकबाट सवा दुई अर्ब ल्याउने

उसले कतारको दोहा बैंकबाट दुई अर्ब २५ करोड रुपैयाँ भित्र्याउन लागेको विज्ञप्तिमार्फत जानकारी गराएको छ । ...

सुबिसुको नयाँ प्याकेज

सुबिसुको नयाँ प्याकेज

केबल टेलिभिजन, इन्टरनेट र नेटवर्क सेवा प्रदायक कम्पनी सुबिसु केबलनेटले क्यान इन्फोटेक २०७६ को अवसरमा ‘सुबिसु क्यान इन्फोटेक अफर’ ल्याएको...

अफर स्टलमा अवलोकनकर्ताको भीड

अफर स्टलमा अवलोकनकर्ताको भीड

क्यान इन्फोटेकको तेस्रो दिन आइतबार अवलोकनकर्ताको मुख्य आकर्षणमा अफर सहितका स्टल परेका छन् । ...

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

सिभिल बैंकको नयाँ शाखा सुनवलमा

समृद्धिका लागि सिभिल बैंक भन्ने नाराका साथ अगाडी बढिरहेको सिभिल बैंकले आफ्नो शाखा संजालमा विस्तार गर्ने क्रममा आज नवलपरासी जिल्लाको...

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोला मोःमोः उत्सवका लागि नयाँ टिभीसी सार्वजनिक

कोका–कोलाले ५औं कोका–कोला मोःमोःउत्सव क्याम्पेनका लागि नयाँ टिभी कमर्सीयल सार्वजनिक गरेको छ । ...

होटल मोक्सी आउँदै

होटल मोक्सी आउँदै

नेपालमा विदेशी चेन होटल ‘मोक्सी’ सञ्चालनमा आउने भएको छ । नेपालमा चेन होटल मेरियटको पाँचतारे मेरियट र तीनतारे फेयरफिल्ड सञ्चालन...

Ncell Footer Ad