१५ वैशाख २०८१ शनिबार
image/svg+xml
खेल

इरफानको किफायती बलिङ

पेरिस (एएफपी) – पाकिस्तानका तीव्र गतिका बलर मोहम्मद इरफानले ट्वान्टी–२० क्रिकेटमा किफायती बलरको कीर्तिमान रचेका छन्।

क्यारेवियन प्रिमियर लिग (सिपिएल)अन्तर्गत सेन्ट किट्स एन्ड नेभिस प्याट्रिओट्सविरुद्धको खेलमा बार्बाडोस ट्रिडेन्टस्का बलर इरफानले ४ ओभरमा ३ मेडनसहित केवल १ रन खर्चंदै २ विकेट लिएका थिए । लगातार आफ्नो ३ ओभर मेडन गरेका इरफानले चौथो ओभरको अन्तिम बलमा १ रन खर्चेका थिए।

यस क्रममा इरफानले खेलको पहिलो बलमा प्याट्रिओट्सका कप्तान क्रिस गेललाई पवेलियन फर्काएका थिए भने दोस्रो ओभरको चौथो बलमा इर्बिन लुइसलाई आउट गरेका थिए।

यद्यपि इरफानको टोलीले प्याट्रिओट्सलाई ६ विकेटको नतिजा सुम्पियो। १ सय ४८ रनको लक्ष्य प्याट्रिओट्सले ७ बल अगावै पूरा गरेको थियो।

प्रकाशित: ११ भाद्र २०७५ ०४:३९ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App