१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

अनशन बस्ने चेतावनी दिँदै व्यवसायीले मागे रूटपरमिट

काठमाडौं– इमोन तराई–पहाड यातायात व्यवसायी संघले आफ्नो संघद्वारा सञ्चालन गरिएका सवारीहरुलाई तत्काल रुट परमिट दिनुपर्ने माग गरेको छ।

संघले सम्बन्धित निकायले रुट परमिट दिँदा ठूलै आर्थिक चलखेल गरी पाउनुपर्ने सवारीहरुलाई परमिट नदिई अन्यलाई दिएको आरोप लगाएको छ। अवैधानिक र गलत मनशायबाट आर्थिक प्रलोभनमा परी रुटपरमिट दिने गरेकोमा आरोप लगाई त्यसप्रति आपत्ति जनाउँदै अविलम्ब त्यस्ता गतिविधि रोकेर दोषीलाई कानुनी दायरामा ल्याउन संघले माग गरेको छ।  

संघका अध्यक्ष इन्द्रबहादुर घ्यावा (लामा) ले बिहीबार रिपाेर्टर्स क्लमबा बाेल्दै सार्वजनिक यातायातमा स्वच्छ प्रतिष्पर्धा हुनुपर्ने ठाउँमा उल्टै सिन्किेटलाई नै बढावा दिनेगरी सम्बन्धित निकायले चलखेल गरेको आरोप लगाए। ‘हामीलाई तत्काल रुटपरमिट दिनुपर्छ, यदि नदिएको खण्डमा हामी अनशन बस्न तयार छौं,’ उनले भने।

यातायात विभागको उक्त व्यवहारले सार्वजनिक यातायातमा सिन्डिेकट प्रथालाई मजबुत बनाई स्वस्थ प्रतिष्पर्धालाई अंकुश लगाउने काम गरेको लामाको गुनासो छ। ‘विभागको यस्तै व्यवहारले नेपालमा सडक दुर्घटना बढिरहेको छ, उनीहरु अहिले व्यवसायीहरुमाथि असमान व्यवहार गरि अन्याय गरिरहेका छन्,’ उनले भने।

उनका अनुसार काठमाडौंबाट काभ्रे हुँदै सिन्धुली, बर्दिवासबाट पूर्वतर्फका विभिन्न स्थानमा जान–आउनको लागि सयौं माईक्रोबसका सवारी धनीहरुले बाटो इजाजत पाउँ भनी मन्त्रालय तथा विभागमा निवदेन दिएका थिए, मन्त्रालयबाट ०७३ साल जेठ २४ गते सचिवस्तरीय निर्णय गरी ती व्यवसायीहरुले मागेको रुटमा बाटो इजाजत दिनेतर्फ आवश्यक कारवाही गर्नु भनी निश्चित नीति बनाई यातायात व्यवस्था विभागलाई निर्देशन दिएपछि सो विभागले ०७३ साल असार १ मा निर्णय गरी सार्वजनिक यातायातमा एकाधिकार हुनेगरी कानुनविपरित १०२ वटा मात्र माइक्रोबसलाई बाटो इजाजत दिने समेत विभिन्न गैरकानूनी बुँदाहरु राखेर बाग्मती अञ्चल यातायात व्यवस्था कार्यालयमा निर्देशन पठाएको थियो।
अध्यक्ष लामाले विभागका महानिर्देशक चन्द्रमान श्रेष्ठ र प्राविधिक निर्देशक गोविन्द खरेलबाट अन्यायपूर्ण कामहरु भएको आरोप लगाए। उनका अनुसार यी दुई हाकिमले ठूलै आर्थिक चलखेलको स्रोत बनाउने आशयबाट माफियाँसँग मिलेर अघोषित टिम बनाई काम गरेका छन्।

कार्यक्रममा नेपाल राष्ट्रिय यातायात सर्वोच्च महासंघका अध्यक्ष विष्णु शिवाकोटीले योग्यता, दक्षता पुगेका सवारीहरुलाई तत्काल रुटपरमिट दिनुपर्ने माग गरे।

उनले चाडपर्वको मुखमा सवारीहरुलाई रुटपरमिट नदिँदा यात्रुहरु मारमा पर्ने गुनासो पोखे। उनले भने, ‘अविलम्ब बाटो परमिट दिईनुपर्छ, यदि दिइएन भने हामी शान्तिपूर्ण संघर्षका कार्यक्रमहरु धर्ना, विरोध प्रर्दशन तथा अनशनमा बस्छौं।’
 

प्रकाशित: ३० भाद्र २०७३ ०९:२४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App