१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

दुर्इ बालिका बलात्कृत

काठमाडौं - प्रहरीले छुट्टाछुट्टै स्थानबाट बालिकालार्इ बलात्कार गरेकाे अभियाेगमा २ जनालार्इ पक्राउ गरेकाे छ। 

काठमाडाैं स्थित तारकेश्वर नगरपालिका ११ नेपालटारकाे एक नेवारी खाजा घरमा कार्यरत रुकुमकी १४ वर्षीय बालिकालार्इ जबरजस्ती करणी गरेकाे अभियाेगमा प्रहरीले १८ वर्षीय साजन बाेहरालार्इ  पक्राउ गरेकाे छ। बाेहरा बाजुराकाे बुढीनन्दा नगरपालिका १० घर भइ तारकेश्वर नगरपालिकाकाे शेषमतीमा बस्दै अाएका थिए। प्रहरीले उनलाइ गत शुक्रबार पक्राउ गरेकाे थियाे।

यस्तै म्याग्दीकाे मालिका गाँउपालिका ५ मगरदाङ बस्ने १२ वर्षीय बालिकालार्इ बलात्कार गरेकाे अभियाेगमा ५३ वर्षीय दलबहादुर विक पक्राउ परेका छन्। साेहि ठाँउ बस्ने विकलार्इ प्रहरीले गत शुक्रवारनै पक्राउ गरेकाे हाे।

पक्राउ परेकाहरुमाथि अनुसन्धान भइरहेकाे प्रहरीले बताएकाे छ। 

प्रकाशित: १० भाद्र २०७५ ०९:४० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App