१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बिमस्टेक सम्मेलनः सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने

काठमाडौं – बिमस्टेक सम्मेलनको अवसरमा आगामी बुधबार, बिहीबार र शुक्रबार काठमाडौं उपत्यकाका सबै सवारी साधनमा जोर बिजोर प्रणाली लागू हुने भएको छ।

चार पाङ्ग्रे निजी तथा सार्वजनिक सवारी साधनमा मात्र नभएर दुई पाङ्ग्रे मोटरसाइकलमा समेत यो नियम लागू हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएकोे छ।

सरकारी प्रयोजनका लागि प्रयोग हुने अत्यावश्यक बाहेकका सवारी र कुटनीतिक नियोगका सवारीमा पनि यो नियम लागू हुने महाशाखाले जनाएको छ। नियम अनुसार भदौं १३ र १५ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (१, ३, ५, ७, ९) भएका सवारी साधनहरू सञ्चालन हुन पाउने छन्।

१४ गते सवारी साधनको नम्बर प्लेटको अन्तिम अंक (०, २, ४, ६, ८) भएका सवारी साधनहरू चल्ने छन्। नियम नमानी सवारी चलाएमा दिनभर ट्राफिक प्रहरीले नियन्त्रणमा लिने र ५ सय रुपैयाँ जरिवाना तिराउने ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

 

प्रकाशित: १० भाद्र २०७५ ०९:४५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App