१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

एकैसाथ शब्दार्थका २० पुस्तक

काठमाडौं – राजधानीमा शनिबार विभिन्न विधाका २० कृतिको एकैसाथ विमोचन गरिएको छ । शब्दार्थ प्रकाशनद्वारा प्रकाशित आख्यान, निबन्ध, काव्य, समालोचना र शब्दकोश कृति विमोचन गरिएको हो । विमोचित निबन्ध संग्रहमा शिवगोपाल रिसालको अमरत्वको सम्झना, प्रकाश उपाध्यायको छेउ न टुप्पो र कमल रिजालको सुदर्शन छन्।

समालोचनात्मक कृतिहरू राजेन्द्र सुवेदीको समसामयिक नेपाली समालोचना जीवन जीवन्तको सैद्धान्तिक आधार : प्रायोगिक विश्लेषण र अम्बिका अर्यालको अनेक विधा अनेक दृष्टि सो अवसरमा विमोचन गरिएको थियो । कार्यक्रममा कथासंग्रहहरू जनक वाग्लेको देवानको औंठी, रामहरि पौडेलको ब्रिटिस ओइदर, राममणि पोखरेलको भविष्यवाणी, गोपाल अश्कको निदाउन नसकेका रातहरू विमोचन गरियो।

विमोचित उपन्यासमा वेदमणि घिमिरेको चुडाला, चन्द्रमणि पौडेलको राप, विनोदकुमार श्रेष्ठको आभास छन्  । सो अवसरमा ठाकुर शर्माको सम्मीलन कविता संग्रह,  विदुर चालिसेको कोसीको उडान (कविता संग्रह), विनयकुमार शर्मा नेपालको प्रेमाञ्जलि (मुक्तक संग्रह), दुर्गाप्रसाद ग्वालटारेको जिलेटिनमा फूल (गजल संग्रह), तिलस्मी प्रभासको मुक्तकाञ्जलि (मुक्तक संग्रह) विमोचन गरिएको थियो।

यसैगरी महेश्वरप्रसाद उपाध्याय र विनयकुमार शर्मा नेपालको नेपाली गणित कोश, माधव रेग्मी र कैलाशकुमार शिवाकोटीको मानवअधिकार शब्दकोश विमोचित भएका थिए । शब्दार्थ प्रकाशनद्वारा आयोजित उक्त कार्यक्रममा विभिन्न ६ स्रष्टालाई वैजयन्ती सम्मान अर्पण गरिएको थियो।

सम्मानित स्रष्टाहरूमा इन्द्रकुमार श्रेष्ठ ‘सरित्’, लेखप्रसाद निरौला, भास्कर भण्डारी, वासुदेव अधिकारी, वासुदेव पाण्डेय र प्रभा भट्टराई छन् । शब्दार्थ प्रकाशनले विधा केन्द्रित साहित्यिक पत्रिका ‘वैजन्ती’ मा हरेक वर्ष प्रकाशित विभिन्न ६ विधाका श्रेष्ठ रचनालाई सम्मान गर्दै आएको जानकारी प्रकाशनका प्रबन्ध सञ्चालक विनयकुमार शर्मा नेपालले दिए।

 

प्रकाशित: १० भाद्र २०७५ ०८:०० आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App