१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

महिला उद्यमी मेला सुरु

काठमाडौं – साना तथा मझौला व्यवसायी महासंघले तीज महोत्सव तथा महिला उद्यमी मेला सुरु गरेको छ।
नारीहरूको चाड तीजको अवसर पारेर महिला उद्यमीलाई हौसला प्रदान गर्ने एवं उद्यमीहरूबाट उत्पादित वस्तुहरूको बजार प्रवद्र्धन गर्ने उद्देश्यले याक प्यालेस, पुल्चोकमा आयोजित मेला तीन दिनसम्म सञ्चालन हुनेछ। मेलामा विभिन्न जिल्लाका साना तथा मझौला व्यवसायी महिलाहरूले आफ्ना उत्पादन प्रदर्शनीमा राखेका छन्।

मेलाको उद्घाटन नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष भवानी राणाले गरिन्। उनले मुलुकको आर्थिक विकास एवं समृद्धिको एक कडीको रूपमा रहेका साना तथा मझौला व्यवसायमा संलग्न महिलाहरूले उत्पादन गरेको वस्तुलाई प्रवद्र्धन गर्ने उद्देश्यले आयोजना गरिएको बताइन।

अध्यक्ष राणाले सरकारले यस क्षेत्रको विकास गर्न सहज रूपमा ऋणको व्यवस्था, बजार पहु“च तथा प्रवद्र्धन र नविनतम प्रविधिमा उद्यमीहरूले सरकारको सहयोग खोजेको स्पष्ट पारिन्।

उद्यमशीलता प्रवद्र्धन मार्फत मुलुकभित्र रोजगारीको पर्याप्त अवसर सिर्जना गर्न सकिने उनले बताइन्। मेला महोत्सवले व्यवसाय प्रवद्र्धनमा ठूलो भूमिका खेल्नुका साथै विशेष गरी महिला दिदी–बहिनीहरूलाई व्यवसाय सञ्चालनमा थप उर्जा मिल्ने धारणा समेत राखिन्।

समय समयमा आयोजना गरिने मेला महोत्सव मुलुकभित्र साना तथा मझौला उद्यमको यथार्थ वस्तुतथ्य बाहिर ल्याउन कोशढुंगा हुने विश्वास लिएको राणाले बताइन्।

प्रकाशित: १० भाद्र २०७५ ०५:५१ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App