१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

कञ्चनपुरमा ५ घण्टाका लागि कर्फ्यू हटाउने निर्णय

महेन्द्रनगर– जिल्ला प्रशासन कार्यालय कञ्चनपुरले आइतबार (भोलि) विहान ५ घण्टाका लागि कर्फ्यू हटाउने निर्णय गरेको छ। यद्यपी आज राति भने कर्फ्यू जारी रहनेछ। 

बलात्कारपछि हत्या गरिएकी बालिका निर्मला पन्तका वास्तविक दोषीलाई कारवाहीको माग गर्दै स्थानीय गरेको आन्दोलन हिंसात्मक बनेपछि शुक्रबार साँझ ८ बजेदेखि जारी कर्फ्यू आइतबार विहान ५ बजेदेखि १० बजेसम्मका लागि हटाउने निर्णय भएको प्रमुख जिल्ला अधिकारी तारानाथ अधिकारीले बताए। 

उनका अनुसार विहान १० बजेपछि अर्को आदेश नभएसम्म कर्फ्यू आदेश जारी रहनेछ। ‘भोलिको स्थिती हेरेर अर्काे निर्णय लिन्छौं’, उनले भने।  

प्रकाशित: ९ भाद्र २०७५ १४:१७ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App