१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

कञ्चनपुर घटनापछि देउवा र दाहालद्वारा प्रधानमन्त्रीको ध्यानाकर्षण

काठमाडौं– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपाका अध्यक्ष पुष्पकमल दाहालले कञ्चनपुर घटनाको छानविन गर्न माग गरेका छन्। 

बलात्कारपछि हत्या गरिएकी १३ वर्षीया बालिका निर्मला पन्तका दोषीलाई कारवाहीको माग गर्दै कन्चनपुरमा जारी आन्दोलनमा प्रहरीले गोली चलाउँदा एक जनाको मृत्यु भएपछि देउवा र दाहालले शुक्रबार साँझ प्रधानमन्त्री केपी शर्मा ओलीको ध्यानाकर्षण गराउँदै उच्चस्तरीय छानविनको माग गरेका हुन्।

देउवाले ट्वीटरमा प्रधानमन्त्री ओलीलाई मेन्सन गर्दै घटनाको छानविन गर्न माग गरेका छन्। ‘कञ्चनपुरमा आज प्रहरीको गोली लागी एक बालकको मृत्यु भएको घटनाले म ज्यादै दुःखी छु। मृतक बालकको परिवारप्रति गहिरो सहानुभूति प्रकट गर्दछु’, देउवाले भनेका छन्, ‘निर्मला पन्तको बलात्कार÷हत्याको अनुसन्धानमा सन्देश जनाउने जनतामाथि गोली बर्साउने कार्यको म भत्सर्ना गर्छु।’

उनले निर्मलाको परिवारलाई सुरक्षा दिन, नयाँ शिराबाट विश्वसनीय अनुसन्धान सुरु गर्न र छोरी चोलीको सुरक्षा गर्ने कदम चाल्न पनि माग गरेका छन्। साथै बलात्कारीलाई तत्काल दण्डित गर्न र पीडितलाई न्याय दिलाउन फास्ट ट्रयाक काेर्ट गठन गर्न जरुरी भइसकेको भन्दै सरकारकाे ध्यानाकर्षण गराएका छन्।

त्यस्तै, नेकपाका अध्यक्ष दाहालले घटनालगत्तै प्रधानमन्त्री ओलीलाई फोन कञ्चनपुर घटना गम्भीर रुपमा लिएर उच्चस्तरीय छानबिन समिति बनाउन आग्रह गरेका छन्।

घटनाको छानविनका लागि गृह मन्त्रालयले विहीबार सहसचिवको नेतृत्वमा समिति गठन गरेपनि आन्दोलन नरोकिएपछि देउवा र दाहालले उच्चस्तरीय छानविनका लागि प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका हुन्। 

प्रकाशित: ८ भाद्र २०७५ १५:४६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App