१५ वैशाख २०८१ शनिबार
image/svg+xml
राजनीति

नेकपाकाे जाजरकोट अध्यक्षका लागि ७ जनाको नाम सिफारिस

जाजरकोट – नवगठित नेपाल कम्युनिष्ट पार्टी (नेकपा) जाजरकोटको अध्यक्षका लागि ७ जना र सचिवका लागी ३ जना नेताको नाम सिफारिस गरिएको छ। नेकपाको जिल्ला नेतृत्व टुंग्याउन गठित कार्यदलले अध्यक्षमा तत्कालिन नेकपा एमाले र माओवादी केन्द्रका सात नेताको नाम कर्णाली प्रदेशको कार्यदललाई बुझाएको छ।

तत्कालिन एमाले र माओवादी केन्द्रको एकिकरणपछि बनेको नेकपाको अन्तरिम नेतृत्वका लागि दुबै तर्फका नेताहरू सम्मिलीत कार्यदलले अध्यक्ष र सचिवको नाम सिफारिसमा तिब्र विवाद भएर सर्वसम्मत हुन नसकेपछि  प्रदेश र केन्द्रीय नेतृत्वले टुंग्याउने गरी अध्यक्षमा सात र सचिवमा तीन  नेताको नाम सिफारिस गरिएको कार्यदलका सदस्य एवं तत्कालिन एमालेका केन्द्रीय सदस्य  भैरव सुन्दर श्रेष्ठले बताए ।

उनका अनुसार अध्यक्षका लागि तत्कालिन माओवादी केन्द्रका तर्फबाट ढकवीर राना, गगनबहादुर खड्का, इमास्वर देवकोटा, पुर्णदेव शर्मा  र युवराज आचार्य तथा तल्कालिन एमालेका तर्फबाट डम्बरबहादुर सिंह र कृष्णबहादुर बुढाको नाम सिफारिस गरिएको  छ। यस्तै सचिवका लागि तल्कालिन एमालेको तर्फबाट मोती वली, नवराज सिंह र कृष्णबहादुर बुढाको नाम सिफारिस गरिएको कार्यदलका सदस्य श्रेष्ठले बताए। बुढाको नाम अध्यक्ष र सचिव दुवै पदमा  सिफारिस भएको छ।

नेता श्रेष्ठले बाहिर हल्ला गरिएजस्तो जाजरकोटमा नेकपाको अध्यक्ष तल्कालिन माओवादी केन्द्रको भागमा परेको कुरा सत्य नभएको बताए। उनले  अध्यक्ष र सचिव कुन पक्षले पाउने निश्चित नभएका कारण तल्कालिन दुबै पार्टीबाट ७ जनाको नाम अध्यक्षमा सिफारिस भएको बताए। त्यस्तै उनले सचिवमा भने लत्कालिन एमालेको तर्फबाट मात्रै ३ जनाको  नाम सिफारिस भएको जानकारी दिए। 

उता तल्कालिन माओवादीका नेता एवं नेकपा जिल्ला अध्यक्षका आकांक्षी ढकवीर रानाले जिल्ला अध्यक्ष आफूहरूकै भागमा परेको र लत्कालिन एमालेका तर्फबाट पनि  अध्यक्षको लागि नेताको नाम सिफारिस गर्नु गलत भएको प्रतिक्रिया दिए। उनले  प्रदेश स्तरको समितिबाट अध्यक्ष आफूहरूको भागमा र सचिव पूर्व एमाले पक्षको भागमा राख्ने निर्णय भइसकेको बताए। 

जिल्ला अध्यक्ष कस्को भागमा परेको छ भन्ने बारे कुनै निर्णय भएको छैन भन्ने पूर्व एमाले पक्षका नेताको भनाइ कुतर्क छ उनले भने। यस्तै श्रोतका अनुसार अध्यक्ष र सचिव पाउनका लागि दुवै पक्षका नेताहरूमा तिब्र विवाद र मतभेद रहेको बताइएको छ।  विवाद भएकै कारण जिल्लाको कार्यदलले नेतृत्वको नाम टुंगो लगाउन नसकेको बताइएको छ। 

प्रकाशित: ८ भाद्र २०७५ ११:०० शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App