१५ वैशाख २०८१ शनिबार
image/svg+xml
कला

पोस्टरमा ‘जय श्री दाम’

काठमाडौं – फिल्म ’जय श्री दाम’को अफिसियल फस्टलुक पोस्टर रिलिज गरिएको छ । फिल्मको सार्वजनिक पोस्टरमा लिड अभिनेत्री जेबिका कार्कीलाई स्थान दिइएको छैन । मुख्य अभिनेता त्रय अमृत ढुङ्गाना,  विनोद न्यौपाने र राजन खवितडा फिचर छन्।

नामैले कमेडी फिल्म बुझाउने  फिल्मको पोस्टरमा पनि पात्रलाई सोही अनुसार  प्रस्तुत गरिएको छ । राजन खतिवडा पण्डितको भेषमा प्रस्तुत हुँदा अमृत र विनोदले गमलालाई नमस्ते गरेका छन् ।  पोस्टरको ब्याकग्राउन्डमा नेपाली रुपैयाँको ‘नमुना’ जोडिएको छ।

मङ्की टेम्पल प्रोडक्सन, क्रेजी ह्यान्डस् प्रोडक्सन र नेसनल मिडिया प्रोडक्सनको संयुक्त ब्यानरमा बनेको फिल्मलाई बिप्लोप उप्रेतीले निर्देशन गरेका हुन् । फिल्म शिक्षा अध्ययन गरिरहेका उप्रेतीको यो ठूलोपर्दाको डेब्यू निर्देशकीय फिल्म हो। फिल्मको कार्यकारी निर्मातामा पृथ्वी उप्रेती र मनोज उप्रेती छन् भने सह निर्मातामा मित्र डि गुरुङ र रविन आचार्य छन्।

निर्देशक उप्रेतीसँगै अमरद्विप सापकोटाको पटकथा रहेको ‘जय श्री दाम’मा  मित्र डि गुरुङको सम्पादन छ भने रविन आचार्य छायांकार हुन् । उनलाई  नवराज उप्रेतीले सघाएका छन् । फिल्ममा सुशान्त गौतमको संगीत छ । अमृत ढुङ्गाना, राजन खतिवडा, जेबिका कार्की, विनोद न्यौपानेसँगै प्रमोद अग्रहरी र विष्णु सापकोटा पनि फिल्ममा मुख्य भूमिकामा छन्।

यसैबीच निर्माण टिमले फिल्मको अफिसियल प्रदर्शन मिति पनि सार्वजनिक गरेको छ । पहिलो अचल प्रचार सामग्री सार्वजनिक गर्दै पोस्टरमा फिल्मको प्रदर्शन मिति पनि जोडिएको छ । यो फिल्म आगामी पुस २० बाट दर्शकमाझ आउनेछ।

 

प्रकाशित: ८ भाद्र २०७५ ०४:३९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App