१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

‘डिजाइन फेल’ हुँदा पुल बनेन

पुल निर्माण हुने क्षेत्र देखाउँदै सडक डिभिजन कार्यालयका इन्जिनियर। नगेन्द्र/नागरिक

सुर्खेत - पूर्वी सुर्खेतको रामघाट–दशरथपुर जोड्ने भेरी नदीको पक्की पुल शिलान्यास भएको दुई वर्ष पुग्न भयो। तत्कालीन भौतिक पूर्वाधार तथा यातायात मन्त्री रमेश लेखकले शिलान्यास गरेको पुल २०६६ माघभित्र निर्माण सम्पन्न भइसक्नुपर्ने थियो । तर, सडक विभाग पुल महाशाखाले गरेको डिजाइन फेल हुँदा पुल निर्माणको कामै सुरु हुन सकेको छैन।

सडक डिभिजन कार्यालय सुर्खेतले डिजाइन समीक्षाका लागि महाशाखापटक ताकेता गरे पनि कुनै सुनुवाइ भएको छैन। डिभिजन सडक कार्यालय सुर्खेतका इन्जिनियर खुमबहादुर भण्डारीले महाशाखाले तयार पारेको डिजाइन फेल हुँदा पुल निर्माणको काम अघाडि बढ्न नसकेको बताए। ‘महाशाखाले तयार पारेको डिजाइनअनुसार दायाँतर्फको किनारामा चट्टानमाथि पिल्लर उठाउनु पर्ने हो,’ भण्डारीले भने, ‘चट्टान नभेटिएकाले पुल निर्माणको काम अघि बढेन।’ इन्जिनियर भण्डारीका अनुसार डिजाइन रिभ्यूका लागि विभागमा पटक–पटक ताकेता गरे पनि कुनै जवाफ आइसकेको छैन।

स्टिल ट्रस्ट पुलको ठेक्का जेन्सी, पिसी, आशिष जेभीले लिएको हो । २०७३ माघ ९ गते सम्झौता भएको पुलको माघ १० गते शिलान्यास गरिएको थियो। १ सय ५४ मिटर लामो स्टिल ट्रस्ट ब्रिज फुटपाथबाहेक सात मिटर चौडाइको हो। भ्याटबाहेक २० करोड ९० लाखको लागतमा निर्माण हुने पुल २०७६ माघ ९ गतेभित्र निर्माण सम्पन्न भइसक्नु पर्ने थियो।

निर्माण कम्पनीले शिलान्यासलगत्तै पुल निर्माणका लागि काम सुरु गरेको थियो। ‘दायाँतर्फ पिलरमा चट्टान नभेटिएपछि काम रोक्नुप-यो,’ निर्माण कम्पनी आशिष जेभीका प्रमुख विजय गौलीले भने, ‘डिजाइन रिभ्यूका लागि सडक विभागमा आग्रह गरेका छौं ।’ कम्पनीले पुल निर्माणका लागि गिट्टी, बालुका, सिमेन्ट र छड आयोजनास्थलमा खसालेको थियो। ‘दायाँतर्फबाट हामीले काम सुरु गरेका थियौं, पुल निर्माणका लागि आवश्यक सबै सामग्री आयोजना स्थलमा पु-याएका थियौं’ उनले भने, ‘डिजाइननै परिवर्तन गर्नुपर्ने भएकाले काम रोकियो।’

उनले सडक डिभिजन कार्यालयले निर्णय नदिँदा अहिलेसम्म आफूहरुले काम गर्न नपाएको बताए। ‘समयमै पुल निर्माणको काम सम्पन्न गरेर हस्तान्तरण गर्ने योजना थियो, सो अनुसारको जनशक्ति पनि आयोजनास्थलमा पु-याएका थियौं,’ उनले भने, ‘अझै कहिलेबाट काम सुरु हुने हो भन्ने ठेगान छैन।’

प्रकाशित: ८ भाद्र २०७५ ०२:१६ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App