१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्र सिफारिस

काठमाडौं– संवैधानिक परिषदले प्रधानन्यायाधीशमा ओमप्रकाश मिश्रलाई सिफारिस गरेको छ। आज बसेको परिषदको बैठकले मिश्रलाई सर्वसम्मत सिफारिस गरेको हो।

यस अघि परिषदले दिपकराज जोशीलाई प्रधानन्यायाधीशमा सिफारिस गरे पनि संसदीय विशेष सुनुवाई समितिले अस्वीकार गरेको थियो।

जोशी अस्वीकृत भएपछि विदामा बसेका छन् भने कायममुकायमरुपमा मिश्रले काम गर्दै आएका छन्।

प्रधानमन्त्रीको अध्यक्ष्यतामा रहने परिषदमा प्रधानन्यायाधीश, प्रनिधिसभाका सभामुख, राष्टिय सभाका अध्यक्ष, प्रतिनिधिसभाका  विपक्षीदलका नेता र प्रतिनिधिसभाका उपसभामुख सदस्य रहने संवैधानिक व्यवस्था छ। प्रधानन्यायाधीश  सिफारिश गर्ने वैठकमा कानुन मन्त्री पनि सहभागी हुने व्यवस्था छ।

 

प्रकाशित: ७ भाद्र २०७५ १३:११ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App