१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

श्रीमति र छोरीमाथि जवरजस्ती गरेको आरोपमा पक्राउ

उदयपुर–आफ्नै छोरी र श्रीमतिमाथि यौन दुव्र्यवहार गरेको आरोपमा उदयपुरमा एकजना पक्राउ परेका छन् ।

७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको तथा ३८ वर्षीया श्रीमतिमाथि जवरजस्ती करणी गरेको आरोपमा जिल्लाको रौतामाई गाउँपालिका २ नौले करकुसेका एक पुरुष पक्राउ परेका हुन्। 

४५ वर्षीय ती पुरुषमाथि गत साउन २१ गते बेलुका ८ बजे जवरजस्ती गरेको तथा २२ गते ७ वर्षीया छोरीलाई यौन दुव्र्यवहार गरेको आरोप लागेको जिल्ला प्रहरी कार्यालय उदयपुरले जनाएको छ। आफू र छोरीमाथि जवरजस्ती गरेको आरोप लगाउँदै स्वयं श्रीमतिले दिएको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। 

श्रीमतिले उनीविरुद्ध भदौ ५ गते साँझ ५ः०० बजे जिल्ला प्रहरी कार्यालयमा आफै उपस्थित भएर जाहेरी दिएको आधारमा आरोपीलाई पक्राउ गरी नियन्त्रणमा लिइएको छ । उनीविरुद्ध थप अनुसन्धान सुरु भएको जिल्ला प्रहरी प्रमुख चन्द्रदेव राईले बताएका छन् । 
    
 

प्रकाशित: ७ भाद्र २०७५ १२:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App