१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

संवैधानिक परिषद्को बैठक बस्दै : प्रधानन्यायधीश र अख्तियार प्रमुख सिफारिश हुने

काठमाडौं – सर्वोच्च अदालतको प्रधानन्यायाधीश र अख्तियार दुरुपयोग अनुसन्धान आयोगको प्रमुख आयुक्त सिफारिशका लागि अाज संवैधानिक परिषदको बैठक बस्ने भएकाे छ।

संसदीय सुनुवाइ समितिबाट प्रस्तावित प्रधानन्यायाधीश दिपकराज जाेशी अस्वीकृत भएपछि पहिलोपटक परिषद् बैठक बस्न लागेको हो। यस अघि नै परिषद् बैठक बोलाइए पनि प्रमुख प्रतिपक्षी दलका नेता शेरबहादुर देउवा उपचारका लागि विदेश गएपछि बैठक स्थगित भएको थियो। देउवा उपचार गरी फर्किएपछि परिषद्को बैठक आज दिउँसो ४ का लागि बोलाइएको हाे।

यसअघि न्याय परिषदको सिफारिश अनुसार ओमप्रकाश मिश्र वा चोलेन्द्र शमशेर जबराको नाम संवैधानिक परिषदमा विचाराधीन रहेकाले मिश्र र जबरामध्ये एकको नाम सिफारिस हुनेछ।

यस्तै अख्तियारको प्रमुख आयुक्तका लागि पनि हालका कार्यवहाक प्रमुख आयुक्त रहेका नवीनकुमार घिमिरे, पूर्व मुख्यसचिव लिलामणी पौडेल, बरिष्ठ अधिवक्ता युवराज संग्रौला, पूर्व मुख्यसचिव राजेन्द्र किशोर क्षत्रीलगायत आकांक्षी छन्। उनीहरु मध्येबाट एक जनाको नाम सिफारिश हुने छ।

प्रकाशित: ७ भाद्र २०७५ ०३:२५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App