१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

मोटरसाइकल चोरी आरोपमा दुई पक्राउ

काठमाडौं- मोटरसाइकल चोरी गरेको अभियोगमा प्रहरीले दुई जनालाई पक्राउ गरेको छ। काठमाडौं मातातिर्थ बस्ने गोरखा मसेल गाउँपालिका ३ घर भएका १९ वर्षीय रामबहादुर मगराती र गोरखा नगरपालिका ७ घर भएका २० वर्षीय ईश्वर श्रीमललाई प्रहरीले पक्राउ गरेको हो।

सितापाइला डेरा गरी बस्ने धादिङ गजुरी घर भएका दिपक भण्डारीको डेरा घर अगाडी पार्किङ गरी राखेको बा ३६ प ८५३२ नम्वरको मोटरसाइकल गएराति चोरी गर्दै गरेको अवस्थामा उनीहरुलाई महानगरीय प्रहरी बृत्त स्वयम्भुबाट गस्तीमा खटिएको प्रहरी टोलीले फेला पारी पक्राउ गरेको हो।

 

प्रकाशित: ६ भाद्र २०७५ ०६:४३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App