१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

विभिन्न सिफारिस तथा दर्ता निःशुल्क

रौतहट – चारैतिर स्थानीय सरकारले व्यापक मात्रामा कर उठाउन थालेको भन्दै विरोध भइरहेका बेला रौतहटको एक नगरपालिकाले भने विभिन्न सेवा निःशुल्क दिने निर्णय गरेको छ।

जिल्लाको परोहा नगरपालिकाले आफ्नो कार्यालयसहित वडा कार्यालयहरूबाट नागरिकलाई दिइने सेवा बिनाशुल्क प्रदान गर्ने निर्णय गरेको हो।

नागरिकता, उपचार, नाम, थर र जन्म मिति संशोधन, दुवै नाम भएका व्यक्ति एउटै हो भनेर प्रमाणित गर्न, बाल पोषण, विपन्न तथा असहाय छात्रवृत्ति, अपांगता, अदालत दस्तुर मिनाह, द्वन्द्वपीडित तथा सुकुमबासी आदिका लागि लिनुपर्ने सिफारिस निःशुल्क गर्ने निर्णय गरिएको निमित्त प्रशासकीय अधिकृत अब्दुलरब अन्सारीले जानकारी दिए।

यसैगरी जन्म दर्ता, मृत्यु दर्ता, विवाह दर्ता, बसाइँसराई दर्ता, सम्बन्धविच्छेद दर्ता पनि निःशुल्क गरिने उनले बताए । व्यक्तिगत घटना पनि ३५५ दिनभित्र दर्ता गराए निःशुल्क हुने तर, ३५ दिनपछि भए ५० रुपैयाँ शुल्क लाग्ने निर्णय भएको नगरपालिकाका मेयर शेख वकिलले जानकारी दिए।

प्रकाशित: ६ भाद्र २०७५ ०२:१६ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App