१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जबरजस्ती करणी उद्योगका दोषी दुई वर्षपछि पक्राउ

खोटाङ– खोटाङमा जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका फरार अभियुक्त दुई वर्षपछि पक्राउ परेका छन्। २०७३ भदौ १ गते ३५ वर्षीय महिलालाई बलात्कार प्रयास गरेको आरोपमा जिल्ला अदालत खोटाङबाट जबरजस्ती करणी उद्योग महल अन्तर्गत सजाय सुनाइएका हलेसी तुवाचुङ नगरपालिका–५ दुर्छिमका टयनकुमार राई दुई वर्षपछि पक्राउ परेका हुन्। 

जबरजस्ती करणी उद्योग महल अन्तर्गत मुद्दा दर्ता भएपछि जिल्ला अदालतले २०७३ साल कात्तिक २९ गते २ वर्ष ६ महिना कैंद सजाय हुने फैसला सुनाइएपछि फरार भएका राईलाई लामो समयपछि गिरफ्तार गरिएको प्रहरीले जनाएको छ। गिरफ्तार गरिएका आरोपितलाई अदालतमा पेश गरिएकोमा अदालतको आदेशले कारागार शाखा दिक्तेल थुनामा पठाईएको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। 

सुरुमा जिल्ला अदालतले २०७३ साल भदौ २१ गते मागेको १९ हजार धरौटी बुझाउन नसक्दा कारागार चलान भएका राई धरौटी बुझाएर केही दिनपछि रिहा भएका थिए। 

प्रकाशित: ५ भाद्र २०७५ १४:५५ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App