१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

एएफसी यु–१६ महिला च्याम्पियनसिपको नयाँ खेलतालिका सार्वजनिक

काठमाडौं – आगामी सेप्टेम्बरबाट नेपालमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिप फुटबल छनोट अन्तर्गत समूह ‘ई’ को नयाँ खेल तालिका सार्वजनिक भएको छ।

समूह ‘ई’ बाट सिरियाले नाम फिर्ता लिएपछि एसियाली फुटबल महासंघ (एएफसी) ले मंगलबार नयाँ खेल तालिका सार्वजनिक गरेको हो। सिरियाले नाम फिर्ता लिएपछि अब बाँकी ४ टोलीले प्रतिस्पर्धा गर्नेछन्। जसमा नेपालसहित फिलिपिन्स, म्यानमार र मलेसिया रहेका छन्। छनोटको सम्पूर्ण खेल हल्चोक मैदानमा हुनेछन्।

छनोटको पहिलो खेलमा नेपालले सेप्टेम्बर १९ मा फिलिपिन्स, सेप्टेम्बर २१ मा हुने दोस्रो खेलमा म्यानमार र सेप्टेम्बर २३ हुने तेस्रो तथा अन्तिम खेलमा मलेसियासँग प्रतिस्पर्धा गर्नेछ। समूहको विजेताले दोस्रो चरणमा प्रवेश पाउनेछ। त्यस्तै छनोटमा सहभागी ६ समूहका उपविजेता मध्ये उत्कृष्ट २ टोलीले दोस्रो चरणको यात्रा तय गर्नेछन्।

दोस्रो चरणको छनोटमा विजेता बन्ने चार टोलीले अर्को वर्ष थाइल्याण्डमा हुने एएफसी यु–१६ महिला च्याम्पियनसिपको यात्रा तय गर्नेछन्। फाइनल चरणमा ८ टोलीले खेल्नेछन्। आयोजक थाइल्याण्डसहित, जापान दक्षिण कोरिया र उत्तर कोरिया फाइनल चरणको लागी छनोट भइसकेका छन्।

 

प्रकाशित: ५ भाद्र २०७५ ०९:३८ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App