१५ वैशाख २०८१ शनिबार
image/svg+xml
प्रवास

जापानमा 'जाउँ है पोखरा' अभियान

टोकियो- मनमोहक हिमाल, ताल र मनोरम दृश्यहरुले सिगारिएको नेपालको सुन्दर पर्यटकीय सहर पोखरालाई जापानिहरुका विच प्रचार प्रसारगरी पर्यटन प्रवर्द्धन गर्न कास्की पोखरा समाज जापानले जापानभरी 'जाउँ है पोखरा' अभियान शुरु गरेको छ। 

कास्की पोखरा समाज जापानको अध्यक्ष विकास श्रेष्ठका अनुसार जन्मभूमिलाई टेवा पुर्याउन संस्था स्थापना भएको हुँदा सरकारले घोषणा गरेको भ्रमण वर्ष २०२० लाई सहयोग गर्ने उदेश्यले जापानमा 'जॉउ है पोखरा' अभियान शुरु गरिएको हो। यो अभियानलाई सफल बनाउन टोकियोमा आगामी २५ र २६ तारिखमा आयोजना हुने नेपाल फेष्टिवलमा पोखराबारे जानकारी दिने सामाग्री राखिने छ।

अभियानलाई प्रभावकरी बनाउन जापान सरकारको विभिन्न आयोजनाहरुमा पोखरामा गई काम गरेका जापानिज नागरिकको छिट्टै भेला गरि जापानीलाई सम्मान समेत गरिने संस्थाका अध्यक्ष श्रेष्ठले नागरिकलाई बताए। अभियानलाई जापानका अन्य क्षेत्रहरुमा पनि प्रभावकरी बनाउँदै लैजाने योजना समाजको छ।  

यसैगरी जापानमा रहेको कोमागाने शहर र पोखरा महानगरबीच रहेको भगिनि सम्बन्धलाई अझ प्रगाढ र प्रभावकरी बनाउन अध्यक्ष श्रेष्ठको संयोजकत्वमा एक सहयोगि समिति बनाई सहकार्य गर्ने तयारी पनि संस्थाले गरेको छ।

 

प्रकाशित: ५ भाद्र २०७५ ०९:१२ मंगलबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App