१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

जुम्ला घटना : कार्यदलकाे छानविनमा अाशंका नगर्न आग्रह

फाइल तस्विर

जुम्ला - कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान शिक्षण अस्पताल जुम्लामा साउन ३ गते भएको अस्पताल घटनाको छानविन गर्न गठित सरकारी कार्यदलले छानविन कार्यमा शंका नगर्न आग्रह गरेको छ। छानविनका क्रममा सवै पक्षको मत अभिमत बुझेको भन्दै सत्यतथ्य प्रतिवेदन सार्वजनिक हुने विश्वास व्यक्त गरेको हो।  भदौ २ गते कर्णाली अस्पताल घटना छानविनका लागि जुम्ला पुगेको टोलीले सर्वसाधारण नागरिक, प्रत्यक्षदर्शी, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पदाधिकारी,र सम्वद्ध सवैको लिखित वयान लिईरहेको छ। 

कार्यदलका संयोजक कलानिधी पौडेलका अनुसार सर्वसाधारण नागरिकसँग पनि सोधपुछको काम अघि बढिरहेको छ। उनले भने,‘जुम्ला अस्पताल घटनाको वास्तविक अवस्था चित्रणका लागि सवैको मत वुझ्ने काम भईरहेको छ, छानविन कार्यलाई निष्पक्ष वनाउनको लागि कार्यदल लागिरहेको छ, अस्पताल घटनाको छानविनमा कुनै शंका नगर्न आग्रह गर्दछु। ’
अस्पतालमा घटना हुनुभन्दा पहिले, घटना भईसकेपछि र हालको अवस्थाका वारेमा समेत छानविन समितीले खोजी गरिरहेको छ। डा. गोविन्द केसी अनसन वसेका वेला सरकारले उनलार्इ काठमाडाैं लैजाने क्रममा जुम्ला अस्पतालमा प्रहरीले बल प्रयाेग गर्दा झडप भएकाे थियाे भने अस्पतालमा समेत क्षति पुगेकाे थियो। 

जुम्ला घटनाको वास्तविक कुरो पत्ता नलागे सम्म जुम्लामै बसेर छानविन कार्य अघि बढाईने कार्यदलले जनाएको छ। कर्णाली प्रदेश सरकारले एक हप्तामा प्रतिवेदन वुझाउने गरि कार्यदल निर्माण गरेको थियो। तर घटनाको यथार्थता सम्म नपुग्दा सम्म छानविन रोकिने छैन। जुम्ला घटनाको वास्तविक छानविनका लागि जुम्ला आएको कार्यदल प्रति स्थानीय समेत खुसी भएका छन्। उनीहरुले घटनाको वास्तविक तथ्य वाहिर ल्याउन माग गर्दै दोषीलाई कार्वाही गर्न माग समेत गरेका छन्।

 

प्रकाशित: ४ भाद्र २०७५ १३:४१ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App