१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

सर्पको टोकाईबाट रामपुरमा बालकको मृत्यु

पाल्पा- पाल्पाको रामपुर नगरपालिका–१०, मा सर्पको टोकाईबाट सात बर्षीय बालकको मृत्यु भएको छ।  घरमा सुतिरहेको समयमा सर्पले टोकेर ओमबहादुर कुमालका छोरा कृष्ण कुमालको मृत्यू भएको इलाका प्रहरी कार्यालय रामपुरले जनाएको छ।

दिउँसो घरमै सुतिरहँदा अकस्मात सर्पले टोकेपछि कृष्ण कुमाललाई उपचारका लागि रामपुर अस्पताल रामपुर लैजादै गर्दा बाटोमा मृत्यू भएको रामपुरका प्रहरी निरीक्षक भोजराज पाण्डेयले बताए। कुमालको शब पोस्ट मार्टमपछि परिवारलाई बुझाइएको पाण्डेयले बताए।

प्रकाशित: ४ भाद्र २०७५ १३:४४ सोमबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App