१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

गर्मीले विद्यार्थी वेहोस हुन थालेपछि विद्यालय छुट्टी

विराटनगर- अत्याधिक गर्मीका कारण विद्यार्थी वेहोस हुन थालेपछि मोरङको लेटाङ नगरपालिकाले दुई दिनका लागि नगरका  विभिन्न वडाका  विद्यालय छुट्टी दिएको छ। अत्याधिक गर्मीका कारण तराई क्षेत्रका विद्यालयहरूमा धमाधम विद्यार्थी वेहोस हुन थालेकाले दुई दिनका लागि विद्यालय छुट्टी गरिएको लेटाङ नगरपालिकाले जनाएको छ।

नगरक्षेत्रका विभिन्न विद्यालयहरूका विद्यार्थी गर्मीकै कारण वेहोस हुन थालेकाले भदौ ४ र ५ गतेका लागि विदा दिइएको नगर प्रमुख शंकर राईले बताए। उनले भने‘तराई क्षेत्रमा सहनै नसक्ने गर्मीका कारण विद्यार्थी बेहोस् हुन थालेकाले विद्यालय विदा गरिएको हो ।’ सामुदायिक र संस्थागत  विद्यालयहरू ४ र ५ गते दुई दिनका लागि  नगरपालिकाले छुट्टी दिए पनि  संस्थागत विद्यालय भने आइतबार देखि नै विदा भइसकेको प्रमुख राईले बताए। आइतबार  अधिकतम तापक्रम ४० डिग्री  पुगेको छ।  

प्रकाशित: ३ भाद्र २०७५ १३:४२ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App