१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

आकाश उही छ धर्ती उही छ तर बर्देवा छैनन्

काठमाडौं—

गोरेटो अनि उस्तै छ गल्ली

तिमी कतै बद्ल्यौ कि
आकाश उही छ धर्ती उही छ
कतै तिम्रो मन बद्ल्यो कि...

सुनिल वर्देवाले स्वर भरेको यो गीत जति सुमधुर छ उती उनको सम्झना गराउने खालको पनि छ। आकाश उनले भने जस्तै उस्तै छ। धर्ती पनि उस्तै छ। तर वर्देवा अब यहाँ छैनन् । उनी उस्तै रहेको आकाश धर्ती छाडेर गएका छन्।

यही गीतबाट नेपाली सांगितीक फाँटमा चर्चाको शिखर चुमेका थिए। गिटारिष्ट र म्यूजिक एरेन्जर भएर प्राय काम गरेका उनले पछिमात्र गीत गाउन थालेका हुन्। यिनै गायक वर्देवाको मंगलबार राती निधन भएको छ।

जण्डिसबाट पिडित उनी पछिल्लो समय एक्लै धुम्बाराही स्थित घरमा बस्दै आएका थिए। तीन छोरा छोरी चितवनमा बस्थे। रोगले च्यापेर रगत वान्ता गरेपछि महाराजगन्ज शिक्षण अस्पतालमा लगिएका थिए । इमरजेन्सीमा पुगेलगत्तै उनको निधन भएको घोषणा चिकित्सकले गरेका थिए।

 बुधबार दिउँसो उनलाई अन्तिम श्रद्धाञ्जली दिन आएका शुभचिन्तकहरुले उनी बहुप्रतिभाको धनी भएको स्मरण गरे। नेपाली सांगितीक फाँटमा उनको फरक योगदानका कारण पनि उनी अमर रहेको शुभचिन्तकहरुले बताए।

पत्नी शोभाको दुईवर्ष अघि निधनभएपछि उनी एक्लै थिए। एकातिर बल्झिरहने जण्डिसको चिन्ता। अर्कोतिर पत्नी वियोग र छोराछोरीको चिन्ता। चिन्तै चिन्ताले उनलाई छाडेन्। पत्नी वियोगपछि जीवनबाट निराशिएका उनी नयाँ एल्बमसँग फेरिने मनस्थितीमा थिए। ‘नयाँ एल्बमको गीत रेकर्डिङ गराउदै थिए अकस्मात यस्तो भयो,’ उनका सहकर्मी संजिव सिंहले भने,‘मेरो सबै गीतमा उनकै संगित थियो।’ गिटार बजाउन पोख्त वर्देवा गायनमा पछिमात्र प्रवेश गरेका हुन्। किवोर्ड र संगित संयोजनसँगै गीत लेखनमा पनि उनी पोख्त थिए ।

आफूले सिकेका कुरा अरुलाई सिकाउन रुची राख्ने उनले थोरै समयमा नै आफ्ना हितैषी चेलाचेली बनाएका थिए। गूरुबा अब हुनुहुन्न चेला विपिन स्थापितले सम्झे सम्झनामात्र बाँकि रह्यो। उनका संगितमा धेरै कलाकारले उचाई चुमेको संगितकार संघका महासचिव महेश खड्का सुनाउँछन्।

चवालिस वर्षको उमेरमा असामयिक निधन भएका उनलाई अन्तिम श्रद्धाञ्जली दिन बुधबार नेपाल प्रज्ञा प्रतिष्ठानमा गीत संगित क्षेत्रसँग आवद्ध र शुभचिन्तकहरु भेला भए। संगीतकार संघले उनको पार्थिव शरिरमाथी झण्डा ओढाएर सम्मान व्यक्त गर्‍यो।

उनको चर्चित गीत गोरेटो अनि उस्तै छ गल्ली...गाएर उपस्थितले श्रद्धाञ्जली दिए। आफ्नो समयको सफल कलाकारसँगै वाद्यवादनतर्फ कुशल कलाकार रहेको वरिष्ट संगितकर्मी दिपक जंगम सुनाउँछन् । उनका जेठी छोरी सनुस्का ,माईलो छोरा स्वयं र कान्छी छोरी संस्कृती रहेका छन् । उनको बुधबार नै पशुपति आर्यघाटमा अन्तिम संस्कार सम्पन्न गरिएको छ ।

 

प्रकाशित: २९ भाद्र २०७३ १२:५३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App