१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

बाढीले पुल भत्काउँदा पासाङल्हामु राजमार्ग अवरूद्ध

नुवाकोट- बाढीले गए राति पुल भत्काएपछि गोसाइँकुण्ड जाने तीर्थयात्री प्रभावित भएका छन्। 

पासाङल्हामु राजमार्गमा पर्ने त्रिशूली–बेत्रावती खण्डको विदुर नगरपालिका–१ र १० जोड्ने सिमुटारस्थित गेर्खुखोला पुल बाढीले भत्काएपछि तीर्थयात्री मारमा परेका हुन्। पुल बगाएपछि रसुवासँगको यातायात सम्पर्क टुटेको छ। बाढीले पुलको रसुवापट्टिको सडक १० मिटर बगाएको छ। 

रसुुवालाई काठमाडौँसँग जोड्ने सडक अवरुद्ध भएपछि तीर्थयात्री बाटोमै अलपत्र परेका छन्। अहिले गोसाइँकुण्डमा जनैपूर्णिमा मेला लागेको छ। मुलुकका विभिन्न ठाउँबाट तीर्थयात्री मेला भर्न यहाँ आएका छन्। सडक सञ्चालनमा ल्याउने तयारी भइरहेको प्रहरी उपरीक्षक वसन्तबहादुर कुँवरले जानकारी दिए।

रसुवा जाने वैकल्पिक सडक त्रिशूली–तुप्चे–मनकामना–पैरेबेँशीसमेत पहिरोले बगाएपछि अवरुद्ध छ। गेर्खु खोलाको बाढीले सयौँ रोपनी खेत कटान गरेको छ। बाढीका कारण सयौँ परिवार जोखिममा परेका छन्। रासस

प्रकाशित: ३ भाद्र २०७५ ०९:१५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App