१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

ज्ञवाली गुठीको साधारणसभा सम्पन्न

काठमाडौं - काठमाडौंस्थित ज्ञवाली गुठीको वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ। विभिन्न जिल्लाबाट आएर काठमाडौंमा बस्दै आएका ज्ञवाली वंशका व्यक्तिहरूको सहभागितामा साधारणसभा गरिएको हो।

साधारणसभामा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली पनि सहभागी भएका थिए। कार्यक्रममा परराष्ट्रमन्त्री ज्ञवालीले सबैले आफ्नो वंशको हित र संरक्षणमा लाग्नुपर्ने बताए। उनले हरेक वंश एक भएर राष्ट्र निर्माणमा सघाउ पु-याउनुपर्ने बताए।

‘वंश, समाज र मानव जातिको जरा हो, यसलाई जोगाएर राष्ट्रहितमा सबैले काम गर्नुपर्छ,’ परराष्ट्रमन्त्री ज्ञवालीले भने, ‘वंशावली जोगाएर सबैले आफ्नो पहिचान खोज्न जरुरी देखिन्छ।’ कार्यक्रममा स्वागत मन्तव्य राख्दै गुठीका निवर्तमान अध्यक्ष हेमराज ज्ञवालीले विभिन्न क्षेत्रमा ज्ञवाली वंशले योगदान पु-याउँदै आएको बता । उनले आफ्नो वंश जोगाएर समाजलाई योगदान दिनु सबै वंशजको दायित्व भएको धारणा राखे। ‘वंश एक चिनारी हो, हामीले आफ्नो वंशलाई मेटिन दिनुहुन्न,’ उनले भने, ‘आआफ्नो क्षेत्रबाट सबैले समाज विकासमा सघाउनुपर्छ।’

कार्यक्रममा पूर्वसचिव कृष्ण ज्ञवालीले ज्ञवाली वंशका बारेमा चर्चा गरेका थिए। साधारणसभाकै अवसर पारेर ज्ञवाली समुदायको विवरणसहितको ‘ज्ञवाली वंशावली २०७५’ पुस्तक पनि लोकार्पण गरिएको छ। साधारणसभाले नयाँ कार्यसमिति पनि चयन गरेको छ।

प्रकाशित: ३ भाद्र २०७५ ०३:०५ आइतबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App