१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

शिक्षक मृत फेला

खोटाङ– खोटाङमा एक शिक्षक मृत फेला परेका छन्। दिक्तेलस्थित दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक राज भट्टराई शनिबार बिहान मृत फेला परेका हुन्।

बिगत ७ वर्षदेखि दिक्तेल माउण्ट एभरेष्ट बोर्डिङ स्कुलमा कार्यरत शिक्षक भट्टराई आफ्नै कोठामा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय खोटाङका डिएसपी राजकुमार केसीले बताए। 

बुढीगंगा गाउँपालिका–७ मोरङ ठेगाना भएका शिक्षकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पतालमा राखिएको छ। मृत्युको कारण खुल्न बाँकी रहेको प्रहरीले जनाएको छ। घट्नाका विषयमा अनुसन्धान भइरहेको डिएसपी केसीले बताए। 

प्रकाशित: २ भाद्र २०७५ १५:३४ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App