१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

नागरिककर्मी न्यौपानेलाई आइसिटी मिडिया अवार्ड

काठमाडौं – नागरिककर्मी सन्तोष न्यौपाने ‘आइसिटी मिडिया रिकग्निसन अवार्ड’बाट सम्मानित भएका छन्। सूचना, सञ्चार तथा प्रविधी विषयमा कलम चलाउँदै आएका न्यौपानेलाई यस क्षेत्रमा गरेको उलेख्य योगदानको कदर गर्दैं ‘नेटगियर आइसिटी अवार्ड २०१८’ प्रदान गरिएको हो।

शुक्रबार राजधानीमा ‘सूचना प्रविधिमा सम्भावना र उत्कृष्टताको खोजी’ मूल नारासहित लिभिङ विथ आइसिटीको आयोजनामा तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’ उनलाई प्रदान गरियो। न्यौपानेसहित नयाँ पत्रिका दैनिकका गोपाल साउद पनि यो अवार्डबाट सम्मानित भएका छन्।

तेस्रो संस्करणको ‘नेटगियर आइसिटी अवार्ड २०१८’बाट विभिन्न ७ विधामा आइसिटी अवार्ड प्रदान गरिएको थियो । विभिन्न विधामा सर्वोत्कृष्ट भएका विजयीहरुलाई सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुल बास्कोटासहित विशिष्ट अतिथिहरुले सम्मान गरे। समारोहमा डिजिटल गभर्नेन्स आइसिटी अवार्ड नेपाल प्रहरी, आइसिटी पायोनियर अवार्ड सञ्जीव राजभण्डारी, आइसिटी आन्ट्रप्रेनर अवार्ड विश्वास ढकाल, आइसिटी स्टार्टअप अवार्ड पिपुल डेभलपमेन्ट ल्याबलाई प्रदान गरियो। त्यसैगरी, आइसिटी प्रडक्ट अवार्ड आइ–सोलुसन्स लाइफ, जुरी स्पेसल मेन्सन अवार्ड सारथी र आइसिटी डायस्पोरा अवार्ड हिमाल कर्माचार्यलाई दिइएको थियो।

सबै विधामा १ सय २० को अनलाइन आवेदन आएको आयोजनकले जनाएको छ। १० जनाको निर्णायक समूहले १ महिनासम्म अध्ययन, अन्तवार्ता, प्रिजेन्टेशन, कार्यालय भ्रमण, अनलाइन भोटिङ लगायतको छनौट प्रकृयाबाट उत्कृष्ट छानिएको जुरी संयोजक हेमपाल श्रेष्ठले जानकारी दिए।

कार्यक्रमा बोल्दै मन्त्री बास्कोटाले सरकारले आइसिटी क्षेत्रका लागि आवश्यक नीति र पूर्वाधारको वातावरण तयार पारिरहेको बताए।

आइसिटी अवार्ड सूचना प्रविधि क्षेत्रका विकास र विस्तारमा उत्कृष्टतको खोजी गर्ने अभियान भएको अवार्ड समितीका अध्यक्ष राजन लम्सालले बताए।

 

प्रकाशित: २ भाद्र २०७५ १०:४२ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App