१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

९ केजी विस्फोटक पदार्थ र १८ थान गाेली बरामद

धनगढी—धनगढी उपमहानगरपालिको छुटाछुट्टै स्थानवाट प्रहरीले विस्फोटक पदार्थ सहित पेस्तोलमा प्रयोग हुने गोली बरामद गरेको छ। उपमहानगरपालिकाको त्रिवेणीघाटस्थित मोहना नदी पारगरी भित्र्याउँदै गरिएको अवस्थामा साढे पाँच किलो गन्धक र साढे नौ किलो सोडा बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ।

यी समान भित्र्याउन लागेको व्यक्तिले प्रहरीलाई देख्नासाथ सिमावर्ती भारततर्फ फरार भएको प्रहरीको भनाइ छ। यसैगरी धनगढीकै बैयावेहँडी सीमा नाकाबाट भित्र्याउन लागेको अवस्थामा प्रहरीले पेस्तोलमा प्रयोग हुने १८ थान गोली ‘क्यालिभर राउण्ड‘ बरामद गरिएको छ। चिनीको झोलाभित्र कपडामा बेरिएर राखिएको अवस्थामा सो परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ।

सादा पोसाकमा खटिएका प्रहरीले चेकजाँचका लागि रोक्न खोज्दा अन्दाजी १७-१८ वर्षका व्यक्तिले झोला फ्याकेर फरार भएको र शंका लागेर उक्त झोला चेकगर्दा त्यसवाट उक्त परिमाणको गोली बरामद भएको प्रहरीले जनाएको छ। घटनाबारे अनुसन्धान भइरहेको छ।

भदौ २१ गते विस्फोटक पदार्थ र भदौ २६ गते गोली बरामद गरिएकोमा तत्काल सूचना प्रवाह गर्दा घटनाको अनुसन्धान कार्य प्रभावित हुने भन्दै जिल्ला प्रहरी कार्यालयले आज मात्र घटनाबारे जानकारी दिएको हो।

प्रहरीले मङगलबार साँझ मोहना नदीमा दाउरा खोज्ने क्रममा बेपत्ता भएका धनगढी उपमहानगरपालिका— १८ का २५ वर्षीय शेरबहादुर चौधरीको खोजी भइरहेको जनाएको छ।

जिल्लाको पहाडी क्षेत्रको सहजपुर गाविसको देउराली गाउँमा जुवातास खेलीरहेको अवस्थामा १२ जनालाई खालमा रहेको एक लाख २४ हजार ८८५ सहित प्रहरीले आफ्नो नियन्त्रणमा लिएको छ। रासस

प्रकाशित: २९ भाद्र २०७३ ११:०३ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App