१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
राजनीति

काँग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि हुँदैन : कोइराला

विराटनगर – नेपाली काँग्रेसका महामन्त्री डा. शशांक कोइरालाले संघियतालाई सफल बनाउन सबैको सहयोग आवश्यक रहेको बताएका छन्। 

विराटनगरमा शनिबार सञ्चारकर्मीसँग कुरा गर्दै उनले सङ्घीयताको अभ्यास पहिलो भएकाले केही नमिलेको जस्तो देखिए पनि संविधानमै व्यवस्था भएकाले यसको सफल कार्यान्वयनका लागि सबैलाई आग्रह गरे। 

उनले जनतालाई मारमा पर्ने गरी वृद्धि गरिएको कर घटाउनुपर्ने बताउँदै नेपाली काँग्रेसले जितेको स्थानीय तहमा कर वृद्धि गर्न नदिने जानकारी दिए। 

महामन्त्री कोइरालाले पार्टीको महासमिति भेला यस वर्षभित्र सम्पन्न गर्ने बताए। उनले जनमत संग्रह गरी हिन्दू राष्ट्रको मुद्दाको छिनोफानो गर्नुपर्ने विचार व्यक्त गरे। (रासस)

 

प्रकाशित: २ भाद्र २०७५ ०९:५१ शनिबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App