१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

घुससहित वडा सचिव पक्राउ

इटहरी– १३ हजार रुपैयाँ घुस लिएको आरोपमा इटहरी उपमहानगरपालिका वडा नं. १० का वडासचिव शुक्रबार पक्राउ परेका छन्।

शुक्रबार अपरान्ह ५ बजेतिर इटहरी व्यस्त बजारको रोज रक मम पसलमा सेवाग्राहीको व्यवसाय दर्ता गरि दिन १३ हजार रुपैयाँ लिने क्रममा वडा सचिव विदुर रेग्मीलाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको क्षेत्रीय कार्यालय इटहरीको टोलीले पक्राउ गरेको हो। ‘व्यवसाय दर्ता गर्नकै लागि सेवाग्राहीसँग होटलमा बसेर पैसा लिने क्रममा रेग्मी पक्राउ परेका हुन,’ अख्तियारको क्षेत्रीय कार्यालयका प्रवक्ता नरेन्द्र भट्टराईले भने।

रेग्मीलाई अख्तियारमा कार्यरत प्रहरी निरीक्षक राजन कार्की नेतृत्व टोलीले गोप्य सूचना पाएर पिछा गर्दा पक्राउ गरेको जानकारी दिइयो। रेग्मी शुक्रबार कार्यालय गएर २ बजेतिर बाहिरिएका थिए। वडा कार्यालयको मासिक हिसाव गरेर आम्दानी रकम बुझाउन २ बजेतिर निस्किएका थिए। उपमहानगरपालिका कार्यालयमा आएपछि सोझै मम पसलमा सेवाग्राहीसँग कबोल गरेको रकम लिन पुगेको खुलेको छ।

प्रकाशित: १ भाद्र २०७५ १६:०९ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App