कसरी हुन्छ मस्तिष्कघात?

शुक्रबार, ०१ भदौ २०७५, १९ : ०६ नागरिक

काठमाडौं– मस्तिष्कमा रहेका नसाहरु सुक्दा, फुट्दा, खुम्चिदा वा तिनले राम्रोसँग काम नगर्दा स्नायु तन्तुहरुमा अक्सिजन आपूर्ति रोकिन्छ र मस्तिष्कले काम गर्न नसक्ने अवस्था आउनु नै मस्तिष्कघात हो।

नियमित ब्यायाम नगर्दा, खानपानमा उचित ध्यान नदिँदा, वातावरणीय प्रतिकुलता हुँदा र बंशाणुगत कारणले मस्तिष्कघात हुने गर्छ।

त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल महाराजगञ्जका नसा रोग विभाग प्रमुख डा. रागेश कर्णका अनुसार दैनिक रुपमा टेबलवर्क गर्ने, ब्यायाम नगर्ने, मदिरा र चुरोट सेवन गर्ने मानिसहरु मस्तिष्कघातको उच्च जोखिममा हुन्छन्।

उनका अनुसार काठमाडौ उपत्यकामा बस्ने मानिसले प्रत्यक्ष धूम्रपान नगरेपनि दैनिक दुइवटा चुरोटबाट निस्कने धुवाँ वराबरको धुलो ग्रहण गरिरहेका हुन्छन।

अरुले गरेको धुम्रपानको असर भोग्ने प्यासिभ स्मोकर र धुलो धुवाँले प्रभावित काठमाडौ उपत्यकामा हरेक मान्छे मस्तिष्कघातको जोखिममा रहन्छन।

‘काठमाडौ उपत्यकामा धुलो धुँवा अत्याधिक छ, धुम्रपान गर्ने र पेसिभ स्मोकरको संख्या पनि दिनानुदिन बढ्दैछ जसले मस्तिष्कघातको खतरा पनि बढिरहेको छ,’ उनले भने।

विश्वभरमा प्रत्येक ६ मानिसमध्ये १ जनालाई जीवनकालमा एकपटक मस्तिष्कघात हुने गर्छ। विश्वस्थास्थ्य संगठनको तथ्याङ्क अनुसार हरेक बर्ष डेढ करोड मानिस मस्तिष्कघातको सिकार हुने र ५८ लाख मानिसको ज्यानै जाने गरेको छ।








यसमा तपाईको मत

अन्य समाचार

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिसहोम क्रेडिट सर्भिस अब पांच दिन सम्म पाइने

डिस होमले आफ्ना ग्राहकहरुलाई सदस्यता शुल्क समाप्त भइसके पछि पनि ३ दिन सम्म थप म्याद दिदै आएकोमा अब उक्त सेवाको...

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

मकवानपुरगढी घुम्न आउने दैनिक एक हजार

केही वर्षअघिसम्म १–२ जना आन्तरिक पर्यटक मात्र आउने मकवानपुरगढी क्षेत्रमा अहिले दैनिक हजारभन्दा बढी आउन थालेका छन् । ...

सन नेपालको अन्तरक्रिया

सन नेपालको अन्तरक्रिया

सन नेपाल लाइफ इन्स्योरेन्सले अभिकर्ता अन्तरक्रिया तथा सम्मान कार्यक्रम गरेको छ । ...

मनमैजुमा कामना सेवा बैंक

मनमैजुमा कामना सेवा बैंक

कामना सेवा विकास बैंकले काठमाडौंको तारकेश्वर नगरपालिका वडा नम्बर १० स्थित मनमैजुमा शाखा विस्तार गरेको छ । ...

स्कुल भ्यान सहयोग

स्कुल भ्यान सहयोग

एभरेस्ट बैंकले ललितपुरको धापाखेलस्थित सेल्फ–हेल्प ग्रुप फर सेरेब्रल पल्सी, नेपाल (एसजिसिपी) लाई एक थान स्कुल भ्यान हस्तान्तरण गरेको छ ।

रारामा टेलिकमको फोरजी सेवा

रारामा टेलिकमको फोरजी सेवा

नेपाल टेलिकमले मुगुस्थित रारातालमा फोरजी मोबाइल सेवा प्रदान विस्तार गरेको छ । ...

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकको भूमिपूजन

कुमारी बैंकले काठमाडौंको नक्सालमा भवन शिलान्यासको निम्ति भूमीपूजन गरेको जनाएको छ । ...

वर्ल्डलिंकको अफर

वर्ल्डलिंकको अफर

इन्टरनेट सेवा प्रदायक कम्पनी वर्ल्डलिंकले ‘जाडो याममा तात्तातो हिटरनेट’ अफर ल्याएको छ । ...

Ncell Footer Ad