१५ वैशाख २०८१ शनिबार
image/svg+xml
समाज

बाढीले पुल बगाउँदा ४ सय विद्यार्थी स्कुल जान पाएनन्

जाजरकोट- अविरल वर्षातका कारण  खोलामा आएको बाढीले पुल बगाउदा जाजरकोटको नलगाड नगरपालिकाका विभिन्न विद्यालयका चार सय बढी विद्यार्थीको पढाइ  बन्द भएको छ। बाढीले २ पक्की र ४ वटा काठेपुल बगाएको छ।

बुधवार नलगाड नगरपालिकाको  ३ देखि ६ नं वडासम्मका वस्तीहरुमा बाढीले वितन्डा मच्चाउँदा पुलमात्र नभइ खेत र घर पनि बगाएको छ।

नलगाडका मेयर टेकवहदाुर राववले झुप्रा खोलामा आएको वाढीले पुल वगाउँदा नगरपालिका भित्रका दुइ मावि र अन्य चार प्राथमिक एवं आधारभुत तहमा पढ्ने चार सय विद्यार्थीहरु पुल अभावमा स्कुल जान नपाएको वताए। तत्काल कुनै  पक्की पुल वनाउन सकिने अवस्था नभएपछि आफुहरुले खोलामा काठ राखेर वारपार गर्ने व्यवस्था मिलाउन खोजेको तर त्यो पनि तत्काल सम्भव नभएको उनले वताए। खोलाको वहाव नघटेको र काठको अस्थायी लाप्को वारपार गर्ने काठ वनाउन सहज नभएका कारण समस्या परेको उनको भनाइ छ। नगर प्रमुख रावलका अनुसार वाढीले पुल वगाउँदा त्रिभुवन माध्यमिक विद्यालय दल्ली, सुर्याेदय मावि कैना, जनता प्रावि पिपलचौर, जनकल्यान आधारभुत विद्यालय सेराखेत, जुनी वाल संरक्षण माध्यमिक विद्यालय सिर्के, त्रिभुवन प्राथमिक विद्यालय दल्ली, क्रियटीभ वोर्डिङ् स्कुल दल्लीका चार सय वढी विद्यार्थीहरु पढाइवाट वञ्चित भएका छन्।

विभिन्न गाउँवाट खोला तरेर विद्यालयमा पढ्न आउने विद्यार्थीहरु पुल खोलाले वगाएपछि स्कुल जान नपाएको  वताउछन्। 'कहिले पुल वन्ने हो र स्कुल जाने हो,' त्रिभुनव मावि दल्लीको कक्षा १० मा पढ्ने सुदामप्रकास गौतमले भने 'पुल भत्किएपछि स्कुल जाने वाटो नै छैन पढाइ छुट्ने भयो,।' यस्तै जनकल्यान आधारभुत विद्यालय सेराखेतको कक्षा ६  मा पढने  विनिता पुनले पनि  खोलाले पुल बगाएका कारण आफु तीन दिन देखि स्कुल जान नपाएको बताइन्।  

यस्तै अविरल बर्षा कारण आएको पहिरोले नलगाड नगरपालिकाकै वडा नम्वर ३ चाउलेचौरमा ८ वटा खानेपानीका मुहानहरु वगाउँदा  एक सय घरका स्थानीयहरु वलेन्द्रीको पानी पिउन बाध्य भएका छन्। कैना खोला, झुप्रा खोला, हम्का खोला गरि तीन वटा खोलामा आएको बाढीले नयाँ पुराना पुल, खेत, वारी, घट्ट, घर बगाउनुका साथै अन्य क्षति पुर्‍याउँदा स्थानीयहरु त्रसित बनेका स्थानीय वीरवल रोकायले बताए। उनले  पानीको मुहान भत्केका कारण स्थानीयहरु फोहर पानी पिउन बाध्य भएको र यसले सरुवा रोगको संक्रमण बढ्न सक्ने खतरा बढेको वताए।

नलगाडका विभिन्न बस्तीहरुमा वाढीले ठुलो क्षति पुर्‍याय पनि स्थानीय जनतालाइ राहत हुने गरि सरकारले खासै केहि गर्न नसकेको पिडितहरुको गुनासो छ। प्रमुख जिल्ला अधिकारी एवं जिल्ला दैवी प्रकोप उद्धार समितिका अध्यक्ष ललितकुमार वस्नेतले कालीमाटी र झुप्रा खोलामा पक्की पुल भत्किएर आवागमनमा असर परेकोले तत्काल पुल निर्माणको पहल गर्न गृहमन्त्रालयलाइ अनुरोध गरिएको वताए। उनले स्थानीय सरकार र अन्य सरोकारवाला निकायलाइ यसमा आवश्यक पहल लिन आग्रह समेत गरे।

 

प्रकाशित: १ भाद्र २०७५ १२:४५ शुक्रबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App