१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

चीनमा पारिवारिक हेरचाहका लागि बिदा माग

बेइजिङ –चीनमा हालै गरिएको एक सर्वेक्षणमा सहभागी भएका दम्पतिहरुले आफ्ना शिशु सन्तानको स्याहारका लागि कामबाट बिदा पाउनुपर्ने पक्षमा आवाज उठाएका छन्।

चाइना युथ डेलि पत्रिकामा प्रकाशित उक्त सर्वेक्षण प्रतिबेदनमा ७२ प्रतिशत दम्पतिहरु “शिशु संरक्षण बिदा”का पक्षमा मत जाहेर गरेका छन् भने ८४ प्रतिशतले कुनै नयाँ शीर्षकमा बिदा पाउनु पर्ने पक्षमा छन्।

बेइजिङले हालसालै मात्र लागू गरेको एक योजनामा आफ्ना कर्मचारीलाई उनीहरुको परिवारको जेष्ठ वा अन्य सदस्यको जन्म दिनको अवसर वा आवश्यक परेको बेला हेरचाह गर्नका लागि बिदाको सुविधा प्रदान गर्न रोजगार दातालाई प्रोत्साहन दिएको छ।

धेरैजसो युवा कर्मचारी काममा ब्यस्त रहनुपरेका कारण आफ्ना सन्तान र मातापिताको हेरचाह गर्न पर्याप्त समय दिन नपाएकाले जागिरबाट बिदा लिएर परिबारको देखभाल गर्ने अवसर दिनमा सरकार निश्चय नै सकारात्मक भएको वेजिङगका एकजना वकिल झाङ सिङ सुईले टिप्पणी गरेका छन्।

“बिदा पाउने यस्ता अवसरले चीनको परम्परागत संस्कृतिको पुनर्नविकरण र संरक्षण गर्न सरकारी समर्थन र सुखद संकेत मिलेको” भनी चीनको रेन्मिन विश्वविद्यालयका सहचारी प्राध्यापक लि वेन्झाओले चाइना युथ डेलि पत्रिकालाई प्रतिक्रिया दिए ।

उक्त सर्वेक्षणमा भाग लिने सबै जसोले बालबालिका र वृद्धवृद्धाको हेरचाहका लागि समय समयमा जागिरबाट बिदाको अवसर प्रदान गरी युवापुस्तालाई सरकारले प्रोत्साहित गर्नुपर्ने, कर्मचारीसँग व्यवहार गर्ने अहिलेको कडा कानूनलाई संशोधन गर्नुपर्ने, श्रमिकको पुनःसशक्तिकरण र श्रमलगायतको उचित मूल्याङ्कन हुनुपर्ने, मालिक र मजदुरवीचको असमानता हटाउनुपर्ने लगायतका विचार व्यक्त गरेका छन् ।

सो सर्वेक्षणमा सरकारी निकाय र निजी तथा व्यापारिक संस्था र राज्यको स्वामीत्वमा रहेका संस्थान र सङ्गठित विदेशी कम्पनीमा काम गर्ने कर्मचारी, स्वयं रोजगार तथा अवकाश प्राप्त व्यक्तिसमेत गरी २००१ जना सहभागी थिए । रासस/सिन्ह्वा

 

 

प्रकाशित: २९ भाद्र २०७३ ०७:१९ बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App