१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
खेल

बार्सिलोना र बार्यन म्युख विजयी

च्याम्पियन्स लिग अन्तर्गत मंगलबार राती सम्पन्न खेलमा बार्सिलोना र बार्यन म्युख विजयी भएका छन्।

समूह सि अन्तर्गतको खेलमा बार्सिलोनाले सेल्टीक र समूह डि अन्तर्गतको खेलमा बार्यन म्युनिखले एफसी रास्तोभलाई पराजित गरेको हो।

कप्तान लियोनल मेसीको ह्याट्रिकको मद्धतमा बार्सिलोनाले सेल्टीकलाई ७–० गोल अ्रन्तरले पराजित गर्यो। मेसीले खेलको तेस्रो मिनेटमा गोल गर्दै टोलीलाई सुरुवाती अग्रता दिलाएका थिए। उनले खेलको २७ औ र ६० औ मिनेटमा गोल गर्दै आफ्नो ह्याट्रिक पुरा गरेका थिए । त्यस्तै लुइस स्वारेजले २ तथा आन्द्रे इनियस्टा र नेइमारले थप एक एक गोल गरेका थिए ।

समुह डि अन्तर्गतको खेलमा बार्यन म्युनिखले एफसी रास्तोभलाई ५–० गेल अन्तरले पराजित ग¥यो । उसका लागि जोसु किम्चले दुई तथा  रोर्बटो लेभेन्डोस्की, म्याट ह्युमेल्स  र बर्नाटले समान एक एक गोल गरेका थिए ।

त्यस्तै मंगलबार राती सम्पन्न अन्य खेलमा एथ्लेटिको  मड्रिडले पिएसभी  इनदोभीलाई १–० ले र नेपोलीले डाइनामाो किभीलाई २–१ गेल अन्तरले पराजित पराजित गरेको छ । त्यस्तै पेरिस सेन्ट जर्मन पिएसजि र आर्सनलले १–१ गोलको बराबरी खेल्दाँ म्यानचेस्टर सिटी र मोन्चेग्लाडबाचको खेल खराब मोसमका कारण रद्ध गरिएको छ ।

 

 

 

प्रकाशित: २९ भाद्र २०७३ ०५:५० बुधबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App