१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

चिया मजदुरको न्यूनतम पारिश्रमिक १३ हजार ४५०

काठमाडौ– सरकारले चिया क्षेत्रमा कार्यरत श्रमिकहरुको न्यूनतम पारिश्रमिक मासिक १३ हजार ४सय५० रुपैयाँ निर्धारण गरेको छ। श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले निर्धारण गरेअनुरुप चियाबगान वाहेकका श्रमिकले यो परिश्रमिक पाउने छन्।

मन्त्रालयले ८ हजार ४५५ रुपैयाँ आधारभूत पारिश्रमिक र ४ हजार४४५ रुपैयाँ महंगीभत्ता जोडेर यो पारिश्रमिक निर्धारण गरेको हो। उक्त पारिश्रमिक साउन १ देखि नै कार्यान्वयन हुने गरी कायम गरिएको मन्त्रालयले जनाएको छ। दैनिक श्रमिकको दैनिक ज्याला ५१७ रुपैयाँ तोकिएको छ।

उता चिया बगानमा कार्यरत श्रमिकका लागि भने मासिक पारिश्रमिक १० हजार ७८१ रुपैयाँ तोकिएको छ। दैनिक रुपमा काम गर्ने श्रमिकको ज्याला ३८५ रुपैयाँ तोकिएको छ। 
 चिया क्षेत्रका समस्या समाधान गर्न सरोकारवाला निकायका प्रतिनिधि र विज्ञ सम्मिलित कार्यदल गठन गर्ने मन्त्रालयले जनाएको छ।

श्रमिकले पाउनु पर्ने पारिश्रमिकलगायत अन्य वित्तीय सुविधा अनिवार्यरुपमा बैंक खातामा भुक्तानी हुने व्यवस्था मिलाउन पनि मन्त्रालयले निर्देश गरेको छ।
श्रम नियमावली २०७५अनुसार प्रत्येक २ वर्षमा श्रमिकको न्यूनतम पारिश्रमिक निर्धारण गर्नुपर्ने हुन्छ।

 

प्रकाशित: ३१ श्रावण २०७५ १२:५१ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App