१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

७० क्विन्टल अवैध मरिच सहित भारतीय कन्टेनर नियन्त्रणमा

धादिङ - पृथ्वी राजमार्गस्थित धादिङको मझिमटारबाट प्रहरीले ७० क्विन्टल मरिच बरामद गरेको छ। धादिङको बेनिघाट रोराङ गाउँपालिका वडा नम्बर ९ मझिमटारमा सवारी साधन चेकजाँच गर्ने क्रममा भारतीय कन्टेनरवाट दुई सय ८० बोरा मरिच बरामद गरिएको हो। काठमाण्डौबाट चितवनतर्फ अवैध रुपमा मरिच लैजादै गरेको सूचनाको आधारमा बिहीबार बिहान ईलाका प्रहरी कार्यालय गजुरी र प्रहरी चौकी जोगिमाराबाट खटिएकोे प्रहरी टोलीले लोकमार्गमा सवारी चेक जाँच गर्नेक्रममा उक्त मरिच बरामद भएको जनाएको छ। 

भारतको नयाँ दिल्ली जिल्ला जनकपुरी उत्तरनगर थानाका ५५ बर्षिय मोहम्मद अन्जारले चलाई ल्याएको डीएल १ जीसी ५२७५ नम्बरको भारतीय कन्टेनरमा मरिच भेटिएको प्रहरीले जानकारी दिएको छ। ट्रक चालक अन्जारलाई पक्राउ गरी बरामद मरिच र ट्रक सहित आवश्यक अनुसन्धान एवं कारवाहीको लागि राजस्व अनुसन्धान विभाग हरिहर भवन ललितपुरमा पठाईएको इलाका प्रहरी कार्यालय गजुरीले जनाएको छ। 

 

प्रकाशित: ३१ श्रावण २०७५ १२:४५ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App