२० वैशाख २०८१ बिहीबार
image/svg+xml
समाज

राैतहटका नापी अधिकृत घुस सहित पक्राउ

राैतहट - रौतहटका एक अधिकृत घुस रकम सहित पक्राउ परेका छन्। विहिवार सेवा ग्राहिबाट १५ हजार घुस लिँदै गरेको अवस्थामा अख्तियार दुरुपयोग अनुसन्धान हेटौडाको टोलिले जिल्ला नापी कार्यालयका अधिकृत धिरेन्द्र कुमार लाललाई रङ्गेहात पक्राउ गरेको हो। एक सेवाग्राहिवाट आमाको नाममा रहेको जग्गा दाजुभाईहरुको नाममा छुट्याउन रेखाङ्कनका लागि १५ हजार घुस मागेको र सोहि समयमा अख्तियारको टोलिले उनलाई घेरा हाल्दै पक्राउ गरेको हो। 

यसअघि बुधवार समेत सेवाग्राहीसँग घुस लिएकाे अाराेपमा एक शिक्षक पक्राउ परेका थिए। सदरमुकाम गौरमा रहेको जुद्ध माध्यमिक विद्यालयका प्राथमिक शिक्षक तथा सहायक लेखापाल प्रमोद ठाकुरलाई बुधबार अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाको टोलीले ४५ हजार घुस सहित पक्राउ गरेको थियाे।

 

प्रकाशित: ३१ श्रावण २०७५ ११:०२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App