१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

नेप्सेमा ४६ करोडको कारोबार, परिसूचकमा झिनो सुधार

काठमाडौ– नेपाल स्टक एक्सचेन्ज(नेप्से)मा आज उच्च परिमाणमा शेयर किनबेच भएको छ भने परिसूचकमा झिनो बृद्धि देखिएको छ। 

१६६ कम्पनीका १३ लाख ७५ हजार ६०२ कित्ता शेयरहरु खरिद बिक्री हुँदा ४५ करोड ९६ लाख८६ हजार १११ रुपैयाँको कारोबार भएको छ। हिजो करिब ३६ करोड रुपैयाँको कारोबार भएको थियो।

परिसूचकमा आज भिनो अंकको सुधार आएको छ। बुधबार करिब २९ अंकले बढेको नेप्से बिहिबार ०.६१ अंकले बढेर १२सय १०.३२ विन्दुमा पुगेको छ।

समूहगत परिसूचकतर्फ भने ११ मध्ये ९ समूह ऋणात्मक छन् तर उत्पादन मूलक समूहमा उच्च वृद्धि र मुख्य समूह बैंकिङ पनि सकारात्मक हुँदा समग्र परिसूचक सकारात्मक बनेको हो। 

बैंकिङ समूह ४.१ अंकले बढेको छ। अधिकाँश वाणिज्य बैंकहरुको नाफा अर्बभन्दा बढी रहेको तथ्याङ्क सार्वजनिक भएपछि बैंकिङका शेयर खरिदमा चाँप बढेको थियो।
 उत्पादन मूलकमा ७७.३२ अंकको बृद्धि देखिएको छ। जीवन बिमा समूहको सूचक २९.८७ले घटेको छ भने होटलको २७.२५ अंकले घटेको छ।

आज सबैभन्दा धेरै नेपाल इन्भेष्टमेन्ट बैंकको प्रवद्र्धक शेयर १ करोड ८९ लाख ९२ हजार रुपैयाँको कारोबार भएको छ। एनएमबी बैंकको १ करोड ६७ लाख रुपैयाँको कारोबार भएको छ।

बिहिबार युनिलिभरको शेयरमा प्रतिकित्ता १३ सय ८१ रुपैयाँ बढेको छ भने राष्ट्रिय बिमा कम्पनीको प्रवद्र्धक शेयरमा ४९८ रुपैयाँको बृद्धि भएको छ। घट्नेमा हिमालयन डिष्टिलरीको १०९ रुपैयाँ प्रतिकित्ता शेयर मूल्य घटेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ।   

 

प्रकाशित: ३१ श्रावण २०७५ १०:३९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App