१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अन्तर्राष्ट्रिय

काबुल विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लियो, घटनामा ३४ ले ज्यान गुमाएकाे पुष्टी

काठमाडाैं - बुधवार अफगानिस्तानको राजधानी काबुलमा भएको आत्मघाती बम विष्फोटको जिम्मेवारी इस्लामिक स्टेटले लिएको छ। विहिवार इस्लामिक स्टेटको अमाक समाचार संस्थाले एक सन्देश जारी गर्दै घटनाको जिम्मेवारी लिएको हो। 

बुधवार पश्चिम काबुलको एक शैक्षिक केन्द्रमा भएको आत्मघाती विष्फोटमा परी ३४ जनाको मृत्यु भएको थियो भने ५६ जना घाईते भएका थिए। यसअघि ४८ जनाको मृत्यु भएको बताइए पनि स्वास्थ्य मन्त्रालयले त्यसलाई सच्याउँदै ३४ जनाको मात्र मृत्यु भएको बताएको छ। बम विष्फोट भएको स्थानवाट मृतकहरुलाई अस्पताल लग्दै गर्दा कुनै शव दुई पटक गणना भएको हुँदा संख्या बढेको मन्त्रालयले बताएको छ।  

 

प्रकाशित: ३१ श्रावण २०७५ ०९:५२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App