जलवायु परिवर्तनको असरले प्रभावित भएको भन्दै क्षतिपूर्ति दाबी गर्ने

बिहिबार, ३१ साउन २०७५, १४ : १४ नागरिक

काठमाण्डौं– नेपालले विश्वव्यापी जलवायु परिवर्तनमा आफ्नो नगन्य योगदान रहेको भए पनि त्यसको असरबाट प्रभावित मुलुकको अग्रस्थानमा परेकामा अन्तर्राष्ट्रिय फोरममार्फत विश्व समुदायको ध्यानाकर्षण गराउने भएको छ।

वन तथा वातावरणमन्त्री शक्तिबहादुर बस्नेतले विश्वव्यापी जलवायु परिवर्तनको असरबाट अतिप्रभावित मुलुकका नाताले त्यसको क्षतिपूर्ति दाबी गरिने बताए।

नेपालका लागि बेलायती राजदूत रिचर्ड मोरिससँग बिहीबार मन्त्रालयमा भएको भेटमा मन्त्री बस्नेतले जलवायु परिवर्तनमा नेपालको कुल योगदान ०.०२७ प्रतिशत भए पनि प्रभावित मुलुकको अग्रपंक्तिमा नाम आउनु बिडम्बनापूर्ण रहेको चर्चा गर्दै त्यसारे विश्व समुदायले गम्भीर भएर सोच्नुपर्ने बताए। ‘ग्लोबल वार्मिङमा हाम्रो योगदान ज्यादै अगन्य छ’, मन्त्री बस्नेतले भने, ‘तर, त्यसबाट प्रभावित मुलुकको सूचीमा नेपालको नाम अग्रस्थानमा छ।’ जलवायु परिवर्तनका कारण हरेक वर्ष नेपालका हिमालयमा हिउँको तह पातलिँदै जानुका साथै वर्षायाममा पहाडमा पहिरो तथा भू–क्षय र तराई क्षेत्रमा बाढीको प्रकोप बढ्दै गएको उल्लेख गरे। यस्तै वन्जयन्तुको बासस्थान लोप हुँदा मानव वन्यजन्तु द्वन्द्व बढेको उनको भनाइ थियो। ‘यस्ता विषयमा हामी अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण गराउन चाहन्छौं’, उनले भने, ‘बेलायतले नेपालको विषयमा अन्तर्राष्ट्रिय फोरममा कुरा उठाइदेओस्।’

राजदूत मोरिसले नेपालले वन्यजन्तु संरक्षणका क्षेत्रमा हात पारेको उपलब्धी विश्वकै लागि उदाहरणीय भएको चर्चा गरे। उनले वन्यजन्तु संरक्षणका क्षेत्रमा आफ्ना दुई छिमेकी भारत तथा चीनसँग सहकार्य गर्न नेपाललाई बेलायत सरकारले सुझाव रहेको बताए।

त्यस अवसरमा राजदूत मोरिसले आगामी ११ र १२ अक्टुबारमा लण्डनमा हुने ‘वन्यजन्तुको गैरकानूनी व्यापारसम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलनमा नेपाली प्रतिनिधि मण्डलको नेतृत्व गरेर सहभागिताको लागि मन्त्री बस्नेतलाई निमन्त्रणासमेत दिए।

 








यसमा तपाईको मत

अन्य समाचार

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

डल्लुमा सुजुकीको निःशुल्क सर्भिस क्याम्प

सीजी मोटोकर्पको डल्लुस्थित सुजुकी ‘स्टेट–अफ–आर्ट’ सर्भिस सेन्टरमा सुजुकी ब्रान्डका कारधनीहरुका लागि आकर्षक अफरहरु सहित ६ दिने निःशुल्क सर्भिस क्याम्प सुरु...

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिलले ल्यायो ‘हुलास डेक’

हुलास स्टिल इन्डस्ट्रिजले नेपाली निर्माण बजारमा उपयोगी प्रविधिमा आधारित उत्पादन ‘हुलास डेक’ सार्वजनिक गरेको छ । ...

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकको “सरल एसएमइ कर्जा”

सिद्धार्थ बैंकले साना तथा मझौला व्यवसायलाई लक्षित गर्दै आकर्षक ब्याजदरमा पचहत्तर लाख रुपैया सम्मको कर्जा सुविधा सहज रूपमा प्रदान गर्ने...

वेत्रावतीमा टिम्स चेकपोस्ट

वेत्रावतीमा टिम्स चेकपोस्ट

ट्रेकिङ एजेन्सिज एसोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायलाई मर्यादित तथा सुरक्षित बनाउन र पदयात्रामा गएका पर्यटकको तथ्यांक राख्न पदयात्रा...

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी स्मार्ट मोबाइल बैंकिङमा योजना

कुमारी बैंकले नगदरहित कारोबारको अवधारणालाई अघि बढाउन तथा नविनतम प्रविधिको प्रयोग प्रोत्साहित गर्न विभिन्न योजना ल्याएको छ । ...

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको सभा

स्ट्यान्डर्ड चार्टर्ड बैंकको ३३औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । ...

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

१०औं एफक्यान एक्सिलेन्स अवार्ड सम्पन्न

नेपाल निर्माण व्यवसायी महासंघले विभिन्न ३६ विधामा रिद्धि सिद्धि सिमेन्ट १०औं एफक्यान एक्सिलेन्स अवार्ड वितरण गरेको छ । ...

दराजमा १२.१२ सेलको पालो

दराजमा १२.१२ सेलको पालो

नेपालको बृहत्तर अनलाइन सपिङ गन्तव्य दराजले दराज १२.१२ घोषणा गरेको छ । ...

Ncell Footer Ad