१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
कला

मायाले बाँध्ने कुरा गर्दै आर्यन र सृष्टि

काठमाडौं – अभिनेता आर्यन अधिकारी र नायिका सृष्टि श्रेष्ठ अभिनित फिल्म ‘बाँध मायाले’को शीर्ष गीत ‘बाँध मायाले’ सार्वजनिक भएको छ। राजधानीमा बुधबार पत्रकार र फिल्मकर्मीमाझ गीत सार्वजनिक गरिएको हो। अर्जुन पोखरेलको संगीत र शब्द रहेको गीतमा सुगम पोखरेल र अन्जु पन्तको स्वर छ । गीतमा कविराज गहतराजको कोरियोग्राफी छ।

अभिनेता आर्यनले फिल्मको गीत दुःखमा पनि रमाइलो गर्दै खिचिएको बताए । ‘यो गीतको सुटिङ हुँदा मौसमले साथ दिएको थिएन। निरन्तर पानी परे पनि पानी रोकिएको समयमा गीतको काम गथ्र्यौ,’उनले भने, ‘मैले एक्सन फिल्मबाट करियर सुरु गरे पनि पछिल्लो समयमा प्रेमकथामा काम गरिरहेको छु।  बाँध माया यसको सुरुवात हो ।’ उनले अब चाँडै नै आफू एक्सनपूर्ण फिल्ममा देखिने बताए।

अभिनेत्री सृष्टिले नयाँ टिमसँग काम गर्दा आफू उत्साहित बनेको बताइन्। ‘फिल्मको काम सरल र रमाइलो किसिमले सक्यौं । म यो टिमबाट सन्तुष्ट छु,’ सृष्टिले भनिन्,‘यो गीत सुन्दा निकै राम्रो थियो। यसलाई भिजुअलमा प्रस्तुत गर्दा हामी झन उत्साहित थियौं।’

संगीतकार तथा गीतकार अर्जुन पोखरेलले शीर्ष गीतमा अलिक फरक किसिमको संगीत प्रयोग गरेको बताए। ‘संगीतको एरेन्जले यसलाई सशक्त बनाएको छ। श्रोता र दर्शकले यो गीतमा मेरा अघिल्ला गीतभन्दा भिन्न स्वाद  पाउनुहुनेछ,’अर्जुनले भने,‘फिल्म ‘स्टुपिड मन’मा मेरो संगीत निर्देशक सबिर श्रेष्ठले मनपराउनुभएको रहेछ। त्यहिबेला मलाई कुनै एक फिल्ममा लिन्छु भन्नु भएको थियो । अहिले आएर बाँध मायामा त्यो वचन पुरा भयो।’

फिल्ममा राजाराम पौडेल, रविन्द्रप्रताप सेन, विशाल चाम्लिङ र किशोर खड्काको पनि अभिनय छ। रामहरि धिताल र विभिषिका श्रेष्ठ निर्माता रहेको फिल्ममा महेन्द्र अधिकारी र केदार धिताल सह–निर्माता छन्। फिल्मका छायाँकार बाबु श्रेष्ठ हुन् । फिल्म असोज ५ गते प्रदर्शनमा आउँदैछ।

प्रकाशित: ३१ श्रावण २०७५ ०६:५६ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App