१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

अपरिपक्क स्याउ नटिप्न सुझाव

जुम्ला – जुम्ली किसानलाई अपरिपक्क अवस्थामा स्याउ नटिप्न सुझाव दिइएको छ। अपरिपक्क अवस्थामा स्याउ टिप्दा स्याउको गुणस्तर खस्किदै जादा पहिचान गुम्ने खतरा बढेकोले परिपक्क भइसकेपछि मात्रै स्याउ टिप्न आग्रह गरिएको हो। कृषि प्राविधिकका अनुसार भदौ पहिलो साता पछि मात्रै स्याउ टिप्दा उपयुक्त मानिन्छ।

नपाकेको स्याउ टिप्दा बजारीकरणमा चुनौति हुने गरेको प्रमुख जिल्ला अधिकारी विष्णु पौडेलले वताए। उनले सुरक्षित स्याउ टिपाई तथा बजारीकरणका लागि जोड दिन आग्रह गरे। भदौ महिनाको पहिलो सातासम्म स्याउ बिक्रि बितरण नगर्न किसान र व्यापारीलाई स्याउ बजार ब्यवस्थापन समिति र स्याउ सुपरजोनले आग्रह गरेको हो।

परिपक्क र स्याउको रंग ७० प्रतिशत भन्दा माथी भइसकेपछि मात्रै बिक्रि गर्न किसानलाई निर्देशन गरिएको हो। प्रमुख जिल्ला अधिकारी  पौडेलले भदौ महिनाको पहिलो हप्ता भन्दा अगावै स्याउ बिक्रि गर्ने किसान र ब्यापारीलाई कारबाहीको दायरामा ल्याउने बताए।

काँचो र अपरिपक्क स्याउ बाह्य बजारमा गएकै कारण स्याउको पहिचान गुमेको उनको ठम्याई छ। स्याउ प्याकेजिङ्गमै समस्या समस्य छ, उनले भने, ‘स्याउको बजार पहिचान गरी स्याउ लिन व्यापारीलाई भनिसकेका छौ, किसानले हतारिन जरुरी छैन, बगैचामा पाकेको स्याउ बेच्नुको आनन्द लिनुहोस्।’ किसानमा जनचेतनाको कमी रहेका कारण बजारकरीकारणमा चुनौति देखिएका छन्, उनले थपे।    स्याउ फुल्नु भन्दा पहिले जुम्लाको स्याउको बजार पहिचान गर्न आवश्यक छ।

अहिलेसम्म विराटनगर, झापा र जनकपुर बजारसम्म जुम्लाको स्याउ पुग्न सकेको छैन। स्याउ सुपरजोन जुम्लाका प्रमुख टिकाराम शर्माले किसान र ब्यापारी बिचमा  समन्वय गरेर लिँदा जुम्लाको स्याउ बाह्य बजारमा बिक्रिका लागि उपयुक्त हुने  तर्क गरे। शर्माले भने, ‘ब्यवसायिक रुपमा स्याउको व्यापार र उत्पादन बढाउन सके जुम्ला जिल्लामा मनग्य आम्दानी हुनेछ।’  उनले स्याउ ढुवानी गर्दा बिमा गर्न  ब्यपारीहरुलाई सुझाव दिए। स्याउको प्याकेजिङ्गमा ध्यान नदिँदा घाटा हुने भन्दै उनले सबै किसानले एकै किसिमको मूल्य पाउनु पर्नेमा जोड दिए।

स्याउ ब्यापारी दलवहादुर खड्काले  स्याउ सुपोरजुन संग स्याउ कार्टुनमा अनुदान दिन माग गरे। राज्यलाई कर मात्रै तिर्ने उनले भयौ’, उनले भने, ‘अनुदान कसले दिने।’ स्याउको कार्टुनमा अनुदान नदिएसम्म ब्यापारीलाई घाटा हुने देखिन्छ। स्याउ किसान राजहाबदुर झाक्रीले स्याउ टिप्दा देखिनै ध्यान दिनु पर्ने बताए। उनले भने, ‘ ठुलो, मध्यम र साना स्याउलाई छुट्टाछुट्टै बिक्रि गर्दा स्याउको फल बमोजिमको मूल्य पाउँछन्। जुम्लामा यो वर्ष ६ हजार मेट्रिकटन स्याउ उत्पादन हुने अनुमान गरिएको छ।

प्रकाशित: ३१ श्रावण २०७५ ०५:४९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App