१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

एनआइसी एसिया बैंकको तीन शाखा थपियो

काठमाडौं – एनआइसी एसिया बैंकले थप तीनवटा शाखा सञ्चालनमा ल्याएको छ।

धाादिडको धुनिबेसी नगरपालिका–७, खानीखोला र धुनिबेसी–६, धार्केमा शाखा खोलेको बैंकले जनाएको छ। उक्त दुई शाखाको उद्घाटन धुनिबेसी नगरपालिकाका मेयर बालकृष्ण आचार्यले गरेको बैंकले जनाएको छ।

यस्तै, थाक्रे गाउँपालिकाका वडा नम्बर ६ मा पनि बैंकले शाखा खोलेको छ। यो शाखाको उद्घाटन सोही गाउँपालिकाका अध्यक्ष रामकुमार आचार्यले गरेको बैंकले जनाएको छ।

अब एनआइसीको शाखा संख्या दुई सय ३७ पुगेको छ। त्यसैगरी, एटिएम दुई सय ३०, एक्सटेन्सन काउन्टर १४ र शाखा रहित बैंकिङ एकाइ १७ वटा पुगेको बैंकले जनाएको छ।

बैंकको वासलातको आकार एक सय ८१ अर्ब रुपैयाँभन्दा बढी पुगेको विज्ञप्तिमा उल्लेख छ।

प्रकाशित: ३१ श्रावण २०७५ ०४:४४ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App