१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
अर्थ

चेक गणतन्त्र एयर अरेबियाको नयाँ गन्तव्य

काठमाडौं – मध्यपूर्व तथा उत्तर अफ्रिकाको सबैभन्दा ठूलो बजेट एयरलाइन्स एयर अरेबियाले चेक गणतन्त्रको राजधानी प्रागलाई आफ्नो नयाँ युरोपेली गन्तव्य बनाउने घोषणा गरेको छ। एयर अरेयिबाका विमान आउँदो ११ डिसेम्बरबाट साउदी अरेबियाको सारजहाबाट सीधा प्रागका लागि उड्ने छन्।

नयाँ गन्तव्य घोषणाका लागि बुधबार राजधानीमा आयोजित ‘केक–कटिङ’ समारोहमा नेपालका लागि चेक गणतन्त्रका कन्सुल जनरल विष्णुकुमार अग्रवाल, मिस नेपाल वल्र्ड २०१८ शृंखला खतिवडा, एयर अरेबियाका रिजनल म्यानेजर सचिन नेन, एयर अरेबियाका नेपाल म्यानेजर फराज खान र द हिडन ट्रेजर नेपालका प्रोमोटर सुवर्ण क्षेत्रीको उपस्थिति थियो।

प्राचीन टाउन स्क्वायर र सुन्दर बारोक भवनहरुका प्रसिद्ध प्राग चेक गणतन्त्रको राजधानी र सबैभन्दा ठूलो सहर हुनुका साथै युरोपकै सबैभन्दा चर्चित पर्यटकको गन्तव्यमध्ये पर्छ। यहाँको प्राचीन सम्पदा युनेस्कोको विश्व सम्पदा सूचीमा पर्छन्। प्रागमा दशभन्दा बढी संग्राहलय, थुप्रै थिएटर, ग्यालेरी र ऐतिहासिक प्रदर्शनी केन्द्रहरु छन्। हामीलाई आशा छ, एयर अरेबियाको घोषणाले मध्य युरोपको यात्रालाई सजिलो र सहज बनाउनेछ।

एयर अरेबियाको सात घन्टा लामो उडान सातामा पाँच दिन, मंगलबार, बुधबार, बिहीबार, शनिबार र आइतबार सारजहा अन्तर्राष्ट्रिय विमानस्थलबाट प्राग भाक्लेभ हाबेल विमानस्थलसम्म हुनेछ। ती विमान सोही दिन साउदी अरेबियामा फर्किनेछन्।

‘केक–कटिङ’ समारोहमा एयर अरेबियाका रिजनल म्यानेजर सचिन नेनेले अन्तर्राष्ट्रिय रुट विस्तार गर्ने कामलाई आफूहरुले प्राथमिकतामा राख्दै आएको बताए। ‘हाम्रो उद्देश्य हाम्रा यात्रुलाई रंगीन र ऐतिहासिक राजधानी सहर घुम्ने अवसर प्रदान गर्नु हो,’ उनले भने।

एयर अरेबियाले हाल मध्यपूर्व र उत्तर अफ्रिकास्थित चार केन्द्रबाट एक सय ५० भन्दा बढी स्थानमा उडान भर्दै आएको छ।

प्रकाशित: ३१ श्रावण २०७५ ०४:३२ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App