१४ वैशाख २०८१ शुक्रबार
image/svg+xml
समाज

फेदीमा व्यवसायीक रुपमा जडिबुटी खेती

सतुवाको बिरुवा गोडमेल गर्दै फेदीका नरजित राई ।    तस्बिर : नागरिक

खोटाङ – खोटाङको केपीलासगढी गाउँपालिका–१ फेदीका नरजित राईले व्यवसायीक रुपमा जडिबुटी खेती सुरु गरेका छन्। फरक व्यवसायका माध्यममा गाउँमै स्वरोजगार बन्नका लागि राईले आर्थिक वर्ष २०७४–०७५ बाट व्यवसाय दर्ता गरेरै विभिन्न प्रकारका जडिबुटी खेती सुरु गरेका हुन्। 

आर्थिक संमृद्धिका लागि राईले आफ्नो निजी जग्गामा चिराइतो, सतुवा, ठूलो ओखती, लोठसल्ला, सुगन्धवाल, अर्गेली, जटामसी, शक्ती गुम्बा, पाखनबेद लगायतका जडिबुटी खेती लगाएका हुन्। २०७५ साल असार २८ गते जिल्ला वन कार्यालयबाट निजी जडिबुटी खेतीको दर्ता प्रमाणपत्र लिएका राईले लेकका जंगलबाट बिरुवा संकलन गरेर ३ रोपनी जग्गामा जडिबुटी खेती लगाएका छन्। 

पहिलादेखि नै सामान्य जडिबुटी खेती र व्यवसायमा संलग्न राईले जडिबुटीलाई थप व्यवसायीक बनाउनका लागि दर्ता गरेरै व्यवसाय सुरु गरेको बताए। गाउँमै प्रतिकेजी १० हजारदेखि १३ हजारसम्ममा खरिद बिक्री हुने गरेकाले सतुवा खेतीबाट स्थानीयले राम्रो आम्दानी लिने गरेका छन्।

वन जंगलमा प्रशस्त मात्रामा पाइने सतुवा चोरी निकासीका कारण पछिल्लो समय लोप हुने अवस्थामा पुगेको ईलाका बन कार्यालय बाक्सिलाका वन रक्षक खबिराज राईले बताए। 

प्रकाशित: ३१ श्रावण २०७५ ०४:१९ बिहीबार

खुशी 0 %
दुखी 0 %
अचम्मित 0 %
हास्यास्पद 0 %
क्रोधित 0 %
अर्को समाचार
Download Nagarik App
Download Nagarik App